थारु समुदायले मंगलबार देशभर ‘गुराही’ पर्व मनाएका छन्। थारू समुदायले वर्षायाम सकिएपछि पहिलो पटक अर्थात नयाँ वर्षको चाड पर्वको सुरूआती पर्वको रूपमा गुरही पर्व मनाउने गर्छन्।
साउन शुक्ल पञ्चमीमा मनाउने गरिएकोले यसलाई हिन्दु परम्पराको नागपञ्चमीसँग पनि जोडेर हेरिन्छ। तर थारू समुदायले यसको बिशेषता बेग्लै रहेको बताउँछ।
थारु समुदायमा यसलाई रोग ब्यधा हटाउने पर्वका रूपमा मनाइन्छ। वर्षको पहिलो पर्व भएकोले थारू समुदायले यसलाई धुमधामका साथ रमाइलो गरेर मनाउने गर्दछन्।
यसैबीच काठमाडौँमा बसोबास गर्ने थारू समुदायले मंगलबार भृकुटीमण्डपमा जम्मा भएर गुराही मनाएका छन्। साँझ उनीहरुले आफ्नो मौलिक भेष भुषामा सजिएर परम्परागत तरिकाले नाचगान गरेर पर्व मनाए।
हेर्नुहोस् तस्बिरहरू