आज साउन महिनाको चौथो सोमबार बिहानैदेखि देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ।
साउने सोमबारको ब्रत बस्नुका साथै भगवान शिवको पूजा आराधना गर्नाले मनोकांक्षा पूरा हुने र घर परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वासका साथ बिहानैदेखि शिवालयमा भक्तजनको भीड लागेको हो ।
साउन महिनाको अर्को आकर्षण भनेको बोलबम हो। शिवभक्तहरु पहेँलो पोशाकमा सजिएर खाली खुट्टा पैदल यात्रा गर्दछन्। जसलाई बोलबम यात्रा भनिन्छ ।
बोलबम यात्रका लागि साउनको सोमबारलाई अझ विशेष मानिन्छ।
बोलबम यात्रीहरु सुन्दरीजल पुगेर पूजा आराधना गरेका छन्। यात्रामा बालबालिका, युवादेखि जेष्ठ नागरिकसम्म सहभागी छन्।
हेर्नुहोस् तस्बिरहरू