अविरल वर्षाले काठमाडौंका नदी किनार आसपासका बस्ती डुवानमा परेका छन्। काँडाघारीस्थित प्रहरी प्रभाग र बस्तीहरू पनि डुवानमा परेको छ।
गए राति परेको वर्षाले प्रहरी कार्यालय नै डुवानमा परेको हो। प्रहरी कार्यालयको मेसभित्र रहेका खाद्यान्नलगायत सामग्री बाढीले बगाएको छ।
कार्यालयको पछाडि पार्किङ गरिराखिएका तीन वटा मोटरसाइकल पनि बगाएको देखिएको प्रहरीले जनाएको छ।
खहरेमाथि राडारबाट दुई जना पुरूषको उद्धार गरिएको प्रहरीले जनाएको छ। तीन साना र चार ठूला गाडी पनि बाढीबाट बाहिर निकालिएको छ।
हरहरमहादेव नजिकै गाईगोठमा रहेका सात जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा नेपाल प्रहरी र २७ जना सशस्त्र प्रहरी परिचालन गरिएका छन्।
यो क्षेत्रबाट १५ जनाको उद्धार गरिसकिएको प्रहरीले बताएको छ। विष्ट गाउँका एक तलासम्मका घर डुवानमा परेका छन्।
बाढीले सुकुम्बासी टोलको दुइटा टहरा भत्केको छ। यस्तै बागमती किनार आसपासका बस्तीमा पनि बाढीले क्षति पुर्याएको छ। नदी किनारामा रहेका बस्तीका घरको पहिलो तला डुवानमा परेका छन्।
तस्बिरहरू:
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)