लगातारको वर्षापछि केही दिनयता काठमाडौंको आकाश खुलेको छ। मौसम सफा देखिन्छ। मौसम खुलेसँगै चाड-पर्व, जात्राको मौसम सुरू भएको छ।
धार्मिक एवं सांस्कृतिक पर्वहरूको सुरूआतसँगै हाम्रा गाउँघरका खेतबारीमा धानबालीले फूल खेल्न थालेका छन्।
काठमाडौं सहर छोडेर केही पर पुग्ने हो भने हरिया फाँटमा फूल खेल्दै गरेको धानबाली देख्न पाइन्छ। त्यही धानबालीमा झार उखेल्दै गरेका किसानहरू देखिन्छन्।
हेर्नुस् काठमाडौंको फर्पिङ, ललितपुरको खोकनालगायतका ठाउँमा देखिएका मनोरम दृश्यहरू: