काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउण्ड खाली गराएको छ।
महानगरको एक टोली शुक्रबार त्रिपुरेश्वरस्थित कार्यालय पुगेर पार्किङ क्षेत्रमा राखिएका सामग्री अन्यत्र सारिदिएका छन्।
पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्न दिने ठाउँ बनाएको थियो।
काठमाडौं महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनमा जोड दिइरहेको छ।
घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भने पनि ती ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि महानगरले ती संरचना हटाउन थालेको हो।
तस्बिरहरू: