यस वर्षको हरितालिका तीज पर्व आज भगवान् शिवको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ।
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।
सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासका साथ यो पर्व मनाइँदै आएको छ । हिन्दू नारीका लागि विशेष मानिने तिज पछिल्ला वर्षमा सबै समुदाय र जातिको सद्भाव र मिलापको पर्व बन्दै आएको पाइन्छ ।
आज बिहानैदेखि देशभरका शिवालयमा व्रतालुको भीड छ। यसैबीच पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि सर्वसाधरणका लागि खुला गरिएको छ। १४ वर्षपछि पहिलो पटक पशुपतिमा चारै वटा ढोला खुला गरिएको छ। यो दिनभर रहने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जानकारी दिए।
हेर्नुहोस् पशुपति मन्दिर परिसरमा हर्षोल्लास र भक्तिभावमा रहेका महिलाहरू।