आज ऋषि पञ्चमी ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीको दिनमा सप्तर्षिहरुको पूजा आराधना गरेर यो पर्व मनाइन्छ।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले आजको दिन अरुन्धतीसहित सप्तर्षिहरुको पूजा गरेर यो पर्व मनाउने गर्दछन्।
महिलाले बिहानै, नदी, तलाउ, पोखरीमा गइ स्नान गरी तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाएर स्नान गर्ने चलन छ।
आफूले गरेका त्रुटीहरुबाट मुक्त होऔँ भन्ने हेतुले सप्तर्षीहरुको पूजा गर्ने प्रचलन छ।
कश्यपोऽत्रिभरद्वाजो विश्वामित्रोऽथ गौतमः । जमदग्नि वशिष्ठश्च सप्तचैवाऽप्यरुन्धती । अर्थात् कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अरुन्धतीलाई पूजा गर्ने परम्परा छ।
यस अवसरमा आज काठमाडौंको टेकु, मुलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा, आराधनाका लागि व्रतालु महिला भक्तजनको भीड लाग्छ।
हेर्नुहोस् तस्बिरहरू