काठमाडौं महानगरपालिकाले इन्द्रचोक, असन, भेडासिं लगायत क्षेत्रका सडक किनारका पसल हटाउन निर्देशन दिएको छ।
महानगरले आइतबार २४ घन्टे समयसीमा दिएर पसल हटाउन भनेको थियो। व्यवसायीहरूले अहिलेसम्म पसल नहटाएको भन्दै मंगलबार फेरि तत्काल हटाउन सम्झाएको हो।
सडकका व्यापार-व्यवसायले काठमाडौंको सौन्दर्य, पुरातात्त्विक, धार्मिक एवं पर्यटन क्षेत्रमा असर परेको निष्कर्ष निकाल्दै महानगरले व्यापार, व्यवसाय हटाउन लागेको हो।
महानगरले इन्द्रचोकस्थित बंकेश्वर (सन्तानेश्वर) महादेव मन्दिर वरिपरिका खास्टो व्यापार, भेडासिंको भवानी शंकर मन्दिर नौदेवलका माटोका भाँडाकुँडा लगायत अन्य व्यापार र असनको उमाशंकर मन्दिरको दायाँबायाँ रहेका व्यापार, व्यवसाय र पसल हटाउन भनेको छ।