आज दसैंको तेस्रो दिन। काठमाडौं उपत्यकामा विभिन्न पेशा व्यवसायमा रहेकाहरू आ–आफ्नो स्थायी घर फर्कन थालेका छन्।
रोजगारी, पढाइ ,व्यवसाय गर्न राधजानी छिरेकाहरू दसैंका लागि आफ्ना सर-सामान बोकेर बिहानैदेखि घर फर्कन थालेका हुन्।
उनीहरूले केही दिन अगाडिनै टिकट काटेर घर जाने तयारी गरेका हुन्। दशैंमा काठमाडौं बाहिरिने यात्रुको संख्या मंगलबार देखि बढेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।
धेरैजसो स्कूल, क्याम्पस घटस्थापनादेखि विदा भएकाले यात्रुको संख्या बढेको यातायात व्यवसायी बताउँछन्।
यसपल्ट दशैंमा काठमाडौं बाहिर जानेको सङख्या २० लाख भन्दा धेरै हुने यातायात व्यवस्था विभागले अनुमान गरेको छ।
राजधानीको नयाँ बसपार्क, कंलकी, बल्खु, कोटेश्वर क्षेत्रबाट लामो दूरीका सवारी छुट्ने गरेका छन्।
दसैं मनाउन घर गएकामध्ये केही कोजाग्रात पूर्णिमापछि फर्कने गर्छन् भने केही चाहिँ तिहार र छठ पर्व मनाएर फर्कने गरेका छन्।
रुटका गाडी कम चल्न थालिसकेका छन्। जसले गर्दा काठमाडौंका यात्रु भने मर्कामा परेका छन्।
तस्बिरमा हेर्नुस् दसैंमा घर जानेको लर्को