सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन देशैभरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालनको गर्ने भएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र म्यादी प्रहरीले सातवटै प्रदेशमा रहेका निरवाचन केन्द्रमा सुरक्षा दिनेछन्।
सुरक्षा संवेदनशीलताको आधारमा विभिन्न मतदान केन्द्रमा प्रहरी जनशक्ति खटाईने प्रहरीले जनाएको छ।
मंसिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउन नेपाली सेनाको हवाई गस्तीको पनि प्रबन्ध मिलाईएको प्रहरीले जनाएको छ।
भौगोलिक रुपमा विकट, सञ्चार/प्रविधिको सहज पहुँच नभएको र भारतसँग सीमाना जोडिएका स्थानीय तहका मतदान स्थलहरूलाई प्रहरीले विगतमा घटेका विभिन्न घटनाहरूको आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य भनी पहिचान गरेको छ।
७७ वटै जिल्लाका २२ हजार २२७ मतदान केन्द्रमध्ये ३०६५ मतदान केन्द्रलाई प्रहरीले अति संवेदनशील र ४ हजार ४७८ मतदान केन्द्रलाई संवेदनशील भनी पहिचान गरेको छ। बाँकी रहेका अन्य सबै मतदान केन्द्र प्रहरीको सामान्यको सूचीमा छ।
मतदान केन्द्रमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्ति सादा पोशाकमासमेत प्रहरी परिचालन हुनेछन्।
यसैबीच सामाखुसीस्थित प्रहरी कार्यालयका अनुसार मंगलबार करिब २० देखि ३० वटा विभिन्न जिल्लाका लागि प्रहरी टोली प्रस्थान गरेको छ।
हेर्नुहोस् तस्बिरहरू