भक्तपुरको चाँगु-सिपाघाट सडक ८ वर्षदेखि अलपत्र छ।
भक्तपुर–नगरकोट सडक निर्माण छिटो सम्पन्न गर्नुपर्ने वा निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग राख्दै यो सडक क्षेत्रमा आन्दोलनसमेत हुने गरेको छ।
पर्यटकीय गन्तव्य नगरकोट सडकखण्ड विस्तारको नाममा ठेकेदारले निर्माण सुरू भएको आठ वर्षदेखि सडक अलपत्र पारेको, ७ पटक म्याद थपेर लागत बढाउँदा पनि निर्माण सम्पन्न नगरेको भन्दै ठेकेदारलाई कारबाही गर्न माग गरिरहेका छन्।
भक्तपुर–नगरकोट सडक खण्ड निर्माण गर्न शैलुङ कन्स्ट्रक्सन–एआइपिएल (आरामाली इन्फ्रा पावर लिमिटेड) जेभीले २०७१ जेठ २२ मा सम्झौता गरी २०७३ कात्तिक ४ गते निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर काम सुरु गरे पनि ८० प्रतिशत काम सकेर कालोपत्र, नाली, पर्खाल निर्माणलगायतको २० प्रतिशत काम बाँकी राखेर सडक अलपत्र छाडेको छ।
भ्याटसहित रु ३१ करोड ५२ लाख ९२ हजारमा सम्झौता भएको उक्त सडकको सरकारले सात पटक म्याद थप गरी चार करोड लागत थप गर्दै हाल सडकको लागत रु ३५ करोड ८७ लाख १८ हजार पुगेको छ।
यसअघि पनि नगरकोटवासीले सडक किनारादेखि सार्वजनिक यातायातसम्ममा शैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटो टाँसेर विरोध गरेका थिए भने चाँगुनारायण नगरपालिका–६ र ७ का वडाध्यक्षहरुले असारमा तीन दिनसम्म सडकमै वडा कार्यालयको काम गरेर विरोध जनाएका थिए।
साढे १५ किलोमिटर सडकमा पछिल्लो आठ वर्षदेखि ठेकेदारले बीच–बीचमा केही समय काम गरेकोजस्तो गर्ने, फेरि रोक्ने गर्दा स्थानीय दिक्क भएका छन् ।
तस्बिरहरू: