काठमाडौँको बबरमहलस्थित नेपाल कला परिषदमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रर्दशनी सुरू भएको छ।
नेपाल कला परिषदको ६० औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ स्वर्ण वर्षको उपलक्ष्यमा ‘नेपालका देवीदेवताहरू’ नामक कला प्रदर्शनी शुरु भएको हो।
प्रदर्शनीमा विभिन्न धर्मका देवीदेवताको कला राखिएको छ। यसले नेपाली कला, संस्कृति र धर्मको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्य राखेको आयोजकले बताएको छ।
प्रदर्शनले हिन्दू र बौद्ध धर्मको उत्पत्ति, नेपालको मौलिक धर्म र दर्शनको बारेमा जानकारीसमेत दिने बताइएको छ।
मंसिर ११ गतेदेखि सुरू प्रदर्शनीना १ सय ६० कलाकारले बनाएका कलाकृति आगामी २५ गते सम्म राखेर प्रदर्शन हुनेछ।