किराँत समुदायको मौलिक सांस्कृतिक पर्व उधौंली सुरु भएको छ।
किराँत समुदायले नयाँ बाली भित्रयाउने बेलामा प्रकृतिको पूजा गर्दै यो पर्व मनाउने गर्दछन्।
यसै अवसरमा ललितपुरको हात्तिवनमा पनि किराँत समुदायले एक भव्य कार्यक्रम आयोजना गरेका छन्। हुर्काउने, बढाउने काम प्रकृतिले नै गरेकाले उनै प्रकृतिको पूजा गरी उधौली पर्व मनाउने गरिएको छ।
कार्यक्रममा सहभागीहरूले एक आपसमा शुभकामना साटासाट गर्दै सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।
उधौंली पर्व पूर्वका किराँत समूदायको मौलिक साँस्कृतिक चाड हो।
यो पर्व विदेशमा समेत रहेका किराँत समुदायले हर्षोउल्लासका साथ मनाईरहेका छन्। खेतबारीमा अन्नवाली उब्जाएपछि आफ्नो इष्टदेव तागेरा निङवाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफूले खाएर यो पर्व मनाउने गरिएको छ।
यो पर्व बढिमा एक हप्तासम्म मनाउने गरिन्छ। यो पर्वमा एक आपसमा हात समाएर धान नाच समेत नाच्ने गरिन्छ।
हेर्नुहोस् तस्बिहरू