भोलि माघ १ गते माघे संक्रान्ति पर्व। यो सँगै बजारमा तरूल र चाकुको व्यापार फस्टाएको छ।
कालीमाटी तरकारी तथा फलफूल बजार, चाबहिलस्थित तरकारी बजार, तीनकुने, एकान्तकुना लगायतका तरकारी बजारमा माघे संक्रान्ति पर्वका लागि तरूल किन्न जानेहरूको भीड यतिबेला देख्न सकिन्छ।
तरूलको मूल्यमा विगतका वर्षहरूको भन्दा फरक नरहेको व्यापारीहरु बताउँछन्। कालीमाटी बजारमा धादिङ, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट तरूलहरू आइरहेको व्यापारीहरुको भनाइ छ।
अहिले कालीमाटी बजारमा सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट लगायतका जिल्लाहरुबाट तरुलहरु धेरै आइरहेका छन्।
‘माघेसंक्रान्तीको बेलामा मात्रै हुने भएकाले यो नाफा घाटाको कुरा कतिको किन्न आउनुहुन्छ भन्ने हेरेर थाहा हुन्छ। सर्लाही, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोटबाट आउँछन्।’