टेकुको कौशी थिएटरमा मंगलबारदेखि नाटक ‘एनिमल फार्म’ मञ्चन भएको छ।
यो नाटक बेलायती लेखक जर्ज अरवेलले सन् १९४५ मा प्रकाशन गरेको व्यंग्यात्मक उपन्यासको नेपाली रूपान्तरण हो। यसलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद गरेकी हुन्।
नाटकलाई १६ जना कलाकारसहित २० जनाको टोलीले तयार पारेको हो। कथालाई प्रशान्त नायरले नाटकीकारण गरेका छन।
नाटकले गलत नेतृत्व चयन गर्दा निम्तने दुःख र शक्तिको पछाडि दौडिनेहरुको कथा भनेको छ।
नाटकमा आयुश निरौला, इंगिहोपो कोइच सुनुवार, ओजस्वी भट्टराई, ऋषिकेश बस्याल, प्रयास वान्तवा राई, रोशनी स्याङ्बो, रिजोन परियार, अभिषेक शर्मा, सेबिता अधिकारी, बिनिता लामा गुरुङ, मारुति सापकोटा, कवि राई, हाँस आशिष काफ्ले, निर्भिक भट्टराई, विशाल क्षेत्री, धिरज थापा मगरलगायतको अभिनय छ।
यो नाटकको निर्देशन आकांक्षा कार्कीले नै गरेकी हुन्। नाटकमा कपडाको डिजाइन सिंजिता पराजुलीले गरेकी छन्। नाटकमा संगीत शिव कँडेल र मनिश नौभागले भरेका छन्।
हरेक साँझ सवा ५ मा शुरु हुने नाटक आगामी पुस ३ गतेसम्म मञ्चन हुँदैछ।
हेर्नुहोस् तस्बिरहरू