हरेक तीन वर्षको अन्तरालमा आयोजना हुँदै आएको कन्टेम्प्रोरी कलाको भव्य महोत्सव ‘काठमाडौं ट्रिएनाले’ को चौंथो संस्करण राजधानीमा जारी छ।
अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ चलिरहँदा यतिबेला राजधानी कलामय भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सिद्धार्थ आर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा गत माघ २८ मा सुरु भएको काठमाडौं ट्रिएनाले २०७७ को चौथो संस्करणमा प्रत्यक्ष सहभागिता फागुन १७ बाट सुरु हुने भएको हो।
२०७७ पुसमा हुने भनिएको ट्रिएनाले कोभिड १९ संक्रमणका कारण सुरुमा तोकिएको मितिमा सुरु हुन नसकेर गत माघ २८ बाट सुरु भएको हो ।
यसपटक ट्रिएनालेका कार्यक्रम भर्चुअल र भौतिक दुवै किसिमले सहभागिता जनाउन सक्नेगरी हाइब्रिड रूपमा आयोजना भएको फाउन्डेसनले जनाएको छ।
महोत्सवमा चित्रकला, मूर्तिकला, प्रतिस्थापन कला, फोटोग्राफी, चलचित्रलगायत विविध स्वाद छ।
ट्रिएनालेमा भिन्न विषयवस्तु समेट्नेगरी क्युरेट गरिएका ३०० भन्दा बढी कलाकृतिहरू काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरी, पाटन संग्रहालय, बहादुर शाह बैठक, तारागाउँ संग्रहालय र नेपाल आर्ट काउन्सिल गरी पाँच स्थानमा प्रदर्शन गरिएको छ।
आगामी चैत १७ सम्म चल्ने प्रदर्शनीले ४० भन्दा धेरै देशका १०० भन्दा बढी कलाकारलाई समेटेको छ।
नेपालको कला र संस्कृतिको विकास तथा प्रवर्द्धनका लागि विस्तृत, बहुस्तरीय र बहुक्षेत्रीय आयामको सुरुवातको रूपमा कार्यक्रम आयोजना भएको फाउन्डेशनको दाबी छ।
सिद्धार्थ आर्ट्स फाउण्डेशनका संस्थापक तथा निर्देशक संगीता थापाको पहलमा सन् २००९ मा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय कला महोत्सव (हालको ट्रिएनालेको संस्करण) बाट शुरू भएको हो।
काठमाडौं ट्रिएनाले २०७७’ नेपाल कला परिषदमा देखिएका केही तस्विरहरू हेर्नुहोस्।