थिएटर मलको कीर्तिपुर रंगमञ्चमा यतिबेला पारिजातको उपन्यासमा आधारित नाटक शिरीषको फूल मञ्चन भइरहेको छ।
दोस्रो विश्वयुद्व पछिको मानवीय संवेदना र विसंगत सामाजिक परिवेशबीच युद्वबाट फर्किएका ४५ वर्षीय सुयोगवीर र जीवनलाई आफ्नै दृष्टिकोणले हेर्ने स्वछन्द २५ वर्षीय सकम्बरी र उनको परिवार बीचको सम्बन्धको कथा हो-नाटक सिरिषको फूल।
४५ वर्षसम्म अविवाहित सुयोगवीरको महिलाप्रतिको दृष्टिकोण र २४ वर्षे सकमबरीको आत्मसम्मान, स्वच्छन्दताका साथै स्वतन्त्रताको दर्शनबीच उत्पन्न हुने अन्तद्र्वन्द्व नाटकमा छ।
समग्रमा पितृसत्तात्मक चिन्तन र नारीवादी चेतनाबीचको विमर्श नै 'शिरीषको 'फूल’ को अन्तर्वस्तु हो ।
उपन्यासलाई 'चौथो आयाम’ समूहले नाटकीकरण गरेका हुन् भने परिकल्पना केदार श्रेष्ठ तथा निर्देशन अञ्जान प्रदीपले गरेका हुन्।
समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ राई, सविना गोपाली आदिको अभिनय रहेको शिरीषको फूल आगामी चैत १२ सम्म मञ्चन हुनेछ।
हेर्नुहोस् केही तस्बिरहरू