नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र माला आर्टस् एकेडेमीको संयुक्त आयोजनामा ६२ औं विश्व रंगमञ्च दिवस मनाइएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नाटककार अभि सुवेदीले अन्तर्राष्ट्रिय नाट्य समूहको सन्देशका रूपमा इजिप्टकी अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गरेका थिए। उक्त सन्देश शिव रिजालले नेपालीमा अनुवाद गरेका हुन्।
कार्यक्रममा सलिल सुवेदी र समूहले सांगीतिक प्रस्तुति दिए भने रंगकर्मीहरूले सरोज अर्याल र सन्दिप डंगोलको परिकल्पनामा रंगमञ्च यात्रा प्रस्तुत गरे। साथै कलाकारहरूे क्यानभासमा चित्र समेत सिर्जना गरेका थिए।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमूनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्यलगायतको उपस्थिति थियो।