काठमाडौंको थापागाउँस्थित गुरूकुलमा यतिबेला अमेरिकी इतिहाकार हवार्ड जिनद्वारा लिखित नाटक ‘माक्र्स इनसोहो’को नेपाली संस्करण ‘मार्क्स फर्किए’को दोस्रो संस्करण नियमित मञ्चन भइरहेको छ।
प्रवीण खतिवडा र सुनिल पोख्रेलद्वारा निर्देशित नाटक ‘मार्क्स फर्किए’ १४० वर्षअघि कार्ल मार्क्सको कठिनपूर्ण जीवन, उनका परिवारजन र उनको संघर्षको बारे गरिएको विमर्श हो।
नाटकमा लन्डनको सोहो बस्तीमा रहेको मार्क्सको निवास वरपरको दृश्यहरू छन्, जहाँ मुलुकबाट खेदिएका मार्क्स बेल्जियम र फ्रान्सबाट पनि खेदिएपछि उनकी पत्नी जेनी र उनका दुई छोरीसहित बस्न आइपुगेका थिए। त्यहीँ जेनीले ४ जना बच्चाहरू जन्माइन्, ती नानीहरूको हेरचाह गरिन्, स्नेहले हुर्काइन् तर गरिबी र अभावका कारण एकपछि अर्को सन्तान गुमाइन् यस्तो परिवेशमा मार्क्स र उनका परिवारले बिताएका जीवन र त्यहाँ आउने जाने केही मुख्य पात्रहरूसँग गरिएको क्रिया- प्रतिक्रिया र मार्क्सको मृत्युपछि उनीमाथि लागको आरोपहरूको स्पष्टिकरण नै नाटक मार्क्स फर्किएको मुख्य विषयवस्तु हो।
२०७६ पुष १ र २ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा मञ्चन भएको यो नाटक गुरूकुलमा यतिबेला दोस्रो पटक मञ्चन भइरहेको छ।
आगामी वैशाख ९ गतेसम्म मञ्चन हुने नाटकमा सुनिल पोख्रेल, निशा शर्मा, राम्भाजन कामत, राज न्यौपाने, सुवास तिमिल्सिना, सुनिसा बजगाईं आदिको अब्बल अभिनय रहेको छ।