काठमाडौंको जमलस्थित नाचघरको प्रेक्षालयमा शुक्रबार गिती नाटक ‘जुन’ को मञ्जन भएको छ। नम्रता केसी निर्देशित नाटक ‘जुन’ले नृत्यको माध्यमबाट एउटा बाबु र छोरीको संघर्ष र मायाको कथा प्रस्तुत गरेको छ।
संयोग गुरागाईंद्वारा लिखित नाटकले इमान्दार भएर समस्यासँग जुध्न सके जस्तोसुकै समस्याको पनि समाधान हुने तर्क प्रस्तुत गरेको थियो।
नाटकमा सलिन मगर र सरस्वती श्रेष्ठको संगीत रहेको थियो भने एस्थेस्टिक डान्स स्टुडियोका कलाकारको सामूहिक प्रस्तुति रहेको थियो। नाटकलाइ सिक्वेल फाउन्डेसनले नाचघरमा देखाउने व्यवस्थापन गरेको थियो भने यो नाटक आगामी वैशाख महिनामा मण्डला थिएटर थापागाउँमा नियमित मञ्चन गरिने भएको छ।