काठमाडौंको थापागाउँस्थित मण्डला नाटकघरमा यतिबेला अनुप बरालको निर्देशनमा नाटक 'यौटा सपनाको अवसान'को नियमित मञ्चन भैरहेको छ।
नाटक 'यौटा सपनाको अवसान' अमेरिकी लेखक आर्थर मिलरले ८० वर्षअघि लेखेको विश्वप्रसिद्ध नाटक 'डेथ अफ अ सेल्सम्यान' को नेपाली रूपान्तरण हो।
कवि विप्लव प्रतीकले नेपाली परिवेशमा रूपान्तरण गरेको नाटकमा एउटा मध्यमवर्गीय मानिसले देख्ने सपनाको आरोह-अवरोहलाई सूक्ष्म ढंगले प्रस्तुत गरिएको छ।
गो-विन प्रडक्सनले निर्माण गरेको यो नाटकमा न्ह्यु बज्राचार्यले संगीत निर्देशन गरेका छन् भने गोविन्द पराजुली निर्माता हुन्।
वैशाख १० सम्म मञ्चन हुने नाटकमा दिया मास्के, रोयदिप, दिव्यदेव, विकास जोशी, मेनुका प्रधान, शेखर चापागाईं आदि कलाकारको अभिनय छ।
तस्वीरहरू :