परिवर्तनको नाममा मुलुकको क्रान्ति र क्रान्तिले निम्त्याएको लडाईले बसाएको घाउको खत सम्झाउने नाटक काठमाडौंको पुरानो घर, सिनामंगलमा मञ्चन भइरहेको छ।
सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक ‘खत’ ले समाजमा क्रान्तिको उत्पत्ती र युद्वले निम्त्याएको घाउलाई जस्ताको तस्तै उतारेको छ।
क्रान्तिले युद्व माग्छ अनि रगत बग्छ तर रगतको हिसाब किन हुँदैन? देश परिवर्तन गर्ने सपनामा क्रान्तिको उदाहरण ‘खत’ हरेक दिन साँझ ५ बजे पुरानो घर सिनामंगलमा मन्चन भइरहेको छ।
नाटकमा बेजोड मञ्च परिकल्पना गरिएको छ। ध्वनी संयोजन र प्रकाश परिकल्पना उत्कृष्ठ छ। दर्शकले नाटक हेर्ने होइन नाटकको अनुभव गर्न पाएको दर्शक बताउँछन्।
नाटकमा जयराम ढकाल, निशा ब्ल्याक क्याट, आभाष अधिकारी, अरूण पौडेल, रमेश वज्राचार्य, सन्देश कार्की, प्रकाश गुरागाईं, अदि योगी, सागर भट्टराई, श्रवन यादव, चर्चित ढुंगेल, प्रितम सागर शर्मा, निशा दाहाल, नुज महर्जन, उत्तम अधिकारी, रितेश कार्की, शिशिर गिरी, भावना उप्रेती, अर्नभ घिमिरे राजकमल र सरिता भुजेलको अभिनय रहेको छ।
हेर्नुहोस् केही तस्बिरहरू