एउटा भ्याकुतोको नेपाल घुमाइ।
काठमाडौंको इचंगुदेखि रत्नपार्क-असनको भिडभाड हुँदै टेकु पुगेको भक्तप्रसाद भ्यागुतो बागमतीमा आएको बाढीको भेलसँगै तराईहुँदै हिमाली भेगसम्मको यात्रा गरेर हवाईजहाज चढेर काठमाडौँ फर्कन्छ।
भक्त भ्यागुतोले यात्राका क्रममा भेटेका विभिन्न मान्छे र जनावरसँगको भेटघाट र घुमाईको रमाईलो प्रस्तुति हो नाटक- धुमधामको घुमघाम।
टेकुस्थित कौशी थिएटरमा मञ्चन भइरहेको नाटक ‘धुमधामको घुमघाम’ कनकमणि दिक्षितद्वारा लिखित 'एड्भेन्चर्स अफ अ नेपाली फ्रग’ को नाट्य रूपान्तरण हो।
आयुष निरौलाले नाट्य रूपान्तरण गरेको यो नाटकलाई आकांक्षा कार्कीले निर्देशन गरेकी छन्।
नाटकमा आकाश नेपाली, आशिष काफ्ले, विनिता गुरूङ, गणेश पौडेल, कवि राई, सरिता कठायत, सुरज मल्ल आदिको अभिनय छ। नाटक धुमधामको घुमघाम आगामी असोज ३ गते सम्म हरेक साँझ ५:३० बजे कौशी थिएटरमा मन्चन हुनेछ।
हेर्नुहोस् केही तस्बिरहरू