काठमाडौंको थापागाउँस्थित कुञ्ज नाटकघर आरोहण गुरूकुलमा यतिबेला सुनिल पोख्रेलको निर्देशनमा नाटक गच्छामी मञ्चन भइरहेको छ।
बुद्ध र उनको दर्शनका बारेमा लेखिएका विभिन्न पुस्तकमध्ये पुण्य प्रसाद प्रसाईंको पुस्तक गौतम बुद्धलाई आधार बनाएर नाटक गच्छामी तयार पारिएको हो।
लुम्बिनीमा जन्मिएका शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा दरबार र परिवारलाई छाडेर भिक्षु बने र बोधगयामा बुद्धत्व प्राप्त गरेर लुम्बिनी फर्किएको कथा नाटकमा देख्न सकिन्छ।
विरेन्द्र हमालको सह-निर्देशनमा बनेको नाटकमा सुनिशा बजगाईं, राज न्यौपाने, सुवास तिमल्सिना, राजेन्द्र कट्टेल, सौजन लिम्बु, मोहन राई, प्रतिज्ञा भण्डारी, केशव शाही, प्रकाश थापा, आशिष घिमिरे, एलिजा तुम्बापो, विश्वास मानन्धर, यशराज विमली, आकांक्षा केसी, जमिन राजथला, पूजा तिवारी र समीर राई आदिको अभिनय रहेको छ।
नाटक पुस २३ गते सम्म नियमित मञ्चन हुनेछ।