काठमाडौंको टेकुस्थित कथा घेराको कौशी थिएटरमा नाटक ‘साथी साथी आइदेउ न !’ मञ्चन भइरहेको छ।
आशान्त शर्माको लेखन तथा निर्देशन रहेको नाटकमा पछिल्लो समय बढ्दै गएको प्रविधिको प्रयोग र मानसिक समस्याको विषयलाई समेटिएको छ।
एक युवतीको मानसिक अवस्थालाई परिवार र साथीभाइले नबुझ्दा आउने परिणाम र एक बुझ्ने व्यक्ति आएपछि ती युवतीमा आउने परिवर्तन नै नाटकको मूल कथा हो।
गत पुस २८ देखि मञ्चन भइरहेको नाटक आगामी माघ १५ गतेसम्म नियमित मञ्चन हुनेछ।
नाटकमा निर्देशक शर्मासहित प्रभाकार न्यौपाने, दिव्या मगर, सरला पराजुली, गोपिनी सेँढाइ, छिरिङ शेर्पा, प्रनिश मगर लगायत कलाकारको अभिनय छ।
हेर्नुहोस् तस्बिरहरू