वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मच्छिन्द्रनाथको रथ तान्न थालिएको छ।
चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लगिएको हो। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।
रथलाई तानेर गाबहाल पुर्याइएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख हरि सुवेदीले बताए।
विगत दुई वर्ष कोभिडका कारणले जात्रा नियमित रूपमा सञ्चालन हुन सकेको थिएन।
संक्रमणको जोखिमका कारण सांकेतिक रूपमा मात्रै रथ तानिएकामा यो वर्ष विधिपूर्वक गर्न लागिएको हो। त्यसैले पनि स्थानीयवासी हर्षित र उत्साहित छन्।
यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ।
ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ।
तस्बिरहरू: