विश्वमा बेलाबेलामा ठूला-ठूला महामारी, प्रकोप र दैविक विपत्तिको सन्दर्भमा विश्वभरका मानव जीवनलाई नै संकट ग्रस्त तुल्याउँदै आएको छ। धेरै विपत्तिहरुको सामाना गर्दै अहिले पनि हामीले एक विपत्तिलाई बिर्सदै अर्को विपत्तिहरुसँग जुधै आइरहेका छौं।
ती विपत्तिहरुले गरेको विनाश, संभार र आतंकलाई केही वर्ष, महिना र दिन हुँदै केही समयपछि मानव जगतले बिर्सदै जान्छ र त्यो सकारात्मक पक्ष र प्रकृतिको नियम पनि हो। त्यस्तै संकट अहिले कोरोना भाइरस (कोभिड-१९)ले तहल्का मच्चाउँदै विश्वका मानव जीवनलाई नै चुनौती दिएको छ।
यो भाइरसले लाखौं मानवको जीवन मात्र समाप्त पारेको छैन। वितृष्णा, डर, घृणा, चिन्ता शंका र अनगिन्ती चुनौतीहरु हाम्रो सामु तेर्साएको छ। भोकमरी, बेरोजगारी, विभेद, हिंसा र करोडौं विद्यार्थीहरुको नियमित पठनपाठन ठप्प भएको छ।
बिरामीहरुले सुलभ रुपमा उपचार औषधी सेवन गर्न पाएको अवस्था छैन। यी समस्या र सवालहरु केही महिना र वर्षपछि अवश्य पनि आफ्नो परिवर्तनको गति लिन्छ र विस्तारै नयाँ परिवर्तनको सृजना हुन्छ र गर्नु पनि पर्छ।
कोरोना भाइरसको यति धेरै सूचना प्रचार-प्रसार भयो कि यसले महल र झुपडीहरुमा पनि बराबरीको हैसियत राख्यो, यो अत्यन्तै सकारात्मक पक्ष पनि हो। यो सम्बन्धि सूचनाहरु सामाजिक संजालमा मात्र भाइरल भएन प्रत्येक घर र व्यक्तिको ओठमा पनि भाइरल भएको अवस्था छ। यसको बितण्डा चौतर्फी प्रभाव मात्र पारेन, नव शिशुको नामाकणमा पनि प्रभाव पर्यो।
सन् २०२० जनवरी १ को दिन युनिसेफको तथ्यांकअनुसार एक दिनमा विश्वभरी ३ लाख ९२ हजार नवशिशुको जन्म भएको कुरा देखाउँछ। हामी यसै पनि अन्दाज लाउन सक्छौं, कोरोना भाइरस संक्रमण भएको यो अवधीमा करोडौं नव शिशुको जन्म भएको कुरा अनुमान गर्न सक्छौं। हजारौं नव शिशुको नाम पनि आतंक मच्चाएको विषाणु नामाकण गर्ने होडबाजी चलेको अवस्था छ।
नव शिशुको आगमनमा आफन्त र घरपरिवारका मानिसहरुको उमंग र खुशियालीको दिन पनि हो। शिशुको आगमन सँगै हरेक धर्म र जाति र समुदायको आ-आफ्नो परम्परा, सँस्कृति र चलनअनुसारको कर्मकाण्ड गरी नामाकरण गर्ने चलन छ।
परापूर्वकालदेखि नै शिशु जन्मदा बित्तिकै केही न केही नाम जुराएको हुन्छ। आफ्नै वरिपरिको वातावरणमा मिल्ने, कहिबाट सुनेको, पढेको वा धार्मिक ग्रन्थका पात्रहरु, ऋतु, बार, महिना, श्रेणी, ठाउँ, बिज्ञान, प्रविधि, देश, कलाकार, प्रख्यात व्यक्ति, रुख, बिरुवा, चरा, फल, फूल वा जनावर आदिको विशेषता जनाउने खालका नामाकरण गरेको पाइन्छ। जसको केही न केही अर्थ हुन्छ।
यस्तै कहिलेकाहीँ माहामारी, दैविक विपत्ति राजनीतिक परिवर्तनका घटना र परिघटनाले पनि तत्काल जन्मेका नवशिशुको नामाकरणमा पनि प्रभाव पारेको हुन्छ। उदाहरणको लागि विसं १९९० सालको भुईचालोमा तत्काल जन्मेका शिशुहरु हाल ८६ वर्षका भएका छन्। तत्काल उहाँहरुको नामाकरण आ-आफ्नो जातिगत लवचमा भुईचाल, भुईचालु, भुईचालो राखिएको पाइयो। जुन अहिले पनि सुन्न पाइन्छ।
त्यस्तै राजनीतिक परिवर्तनमा पनि नवशिशुको नामाकरणमा अछुतो रहेन, विसं २०३६ सालमा बहुदलिय र निर्दलिय व्यवस्थाको जनमत संग्रह भएको थियो जुन निर्दलिय व्यवस्थामा जनमत कायम भएका र तत्काल जन्मेका शिशुहरुको नाम निर्दल, निर्दलिया राखियो। कतिपयले असहज मानेर नाम परिवर्तन पनि गरिसके।
कतिपय गाउँपालिका, नगरपालिका र समुदाय स्तरमा पनि धनी र विपन्न परिवारको नामाकरण विभेदपूर्ण रहेको छ। पुँजीपति र जमिन्दारहरुले आफ्नो मातहतमा रहेका विपन्न परिवारका शिशुको नामाकरण आफैँ गर्छन्, उदाहरणको लागि- दुःखिलाल, मर्नी देवी, मन टुटिया देवी, मगन्ते आदि।
त्यस्तै विश्वभर फैलिएको कोरोना माहामारीले पनि नव शिशुको नाममा दुखद् प्रभाव पारेको छ। लखौं मानव जगतलाई तहस नहस पार्ने विषाणुको नामबाट कसरी शिशुको नाम रचियो?
गत सोमबार न्युजलाइन नेपाल डट कममा यस्तो समाचार प्रकाशित भयो-
सिमकोटगाउँपालिकावडानम्बर ८यांगुगाउँकीवीरमताशाहीकोगर्भबाटजुम्ल्याहाबच्चाजन्मभएकोहो।वीरमतालेजन्माएकाजुम्ल्याहाशिशुकोनामकोरोनारभाइरसराखिएकोअनलाइनखबरलेजनाएकोछ।विश्वभरकाअधिकांशराष्ट्रमाकोरोनाफैलिएकोरनेपालमापनियसकोसंक्रमणकोत्रासकासमयमाजन्मिएकालेतिनकोनामसोहीसँगमिल्दोराखिएकोअस्पतालकासिनियरअनमीसरिताबोहराकोभनाईरहेकोछ।
अनमीबोहराकाअनुसारपहिलेजन्मेकीछोरीकोनामकोरोनारपछिजन्मेकोछोराकोनामभाइरसराखिएकाछन्।सोनामराख्नमाआमारबुवाहस्तबहादुरलेपनिसहमतिदिएकोजनाइएकोछ।
केहि भारतीय संचार माध्यमहरुले पनि एउटी महिलाले चार शिशुको जन्म दिएको दुई छोरा र दुई छोरी उनीहरुको नाम क्रमशः कोभिड, कोरोना, लगडाउन र जनता कर्फ्यू राखेको समाचार सुनियो। मानौं नामाकरणको होडबाजी नै चलेको देखिन्छ।
विश्वभर हजारौं बालबालिकाहरु विषाणु, जिवाणु, लकडाउन, कर्फ्यूको नामले परिचित हुँदैछन्। अरु देशको त भन्न सकिन्न, तर नेपालमा आफ्ना बालबालिकाको नामलाई खेलाची नसम्झौं, बालबालिको मनोविज्ञान बुझौँ।
माथि उल्लेख गरेका नामले कालान्तरमा ती शिशुको नामले आत्मसम्मान पाउला? विद्यालयमा शिर ठाडो पारेर म कोरोना, म भाइरस भन्न सक्छन्? त्यतिबेला बालकको मानसिक तनाव र हिंसाको जिम्मेवारी कसले लिने? स्वास्थ्यकर्मी सरिता बोहरासँग जवाफ छ?
क्षणिक आवेशमा आएर लिने निर्णयले वर्षौँसम्म सामाजिक र मानसिक स्वास्थ्यमा बाल-बालिकालाई नकरात्मक असर पर्न सक्छ। कति ठाउँमा नामकै कारण बालबालिकाहरु विद्यालय जान सक्दैनन्। नाम जस्तोसुकै राखे पनि बालबालिकाको आत्म-सम्मानमा चोट लाग्ने र नामकै कारण शिर निहुँराउनु पर्ने खालका नामाकरण गर्न प्रोत्साहन नगरौं।
नाम भनेको ऐश्वर्य, शक्ति, शान्ती, आटिलो, बलियो, उज्यालो आविष्कारक, मोहक हुनु पर्ने हो जस्को हजारौं पटक उच्चारणले पनि गौरव महशुस गर्न सकियोस्।
भर्खरैको एउटा घटनाले नामको अर्थसँग कति महत्व छ भन्ने कुराले मलाई लेख्न घच्घचायो। बालखमा सँगै खेली हुर्केका मेरा दुई साथीहरु थिए। गाउँकै मानिसले सायद उनीहरुको नाम खाने कुरा र परजिविसँग सम्बन्धित राखेका थिए। गाउँभरी त्यही नामले परिचित थिए। पछि कारणवस बसाई सरे।
लगभग ३० वर्षपछि हाम्रो भेट भयो। ती नामले अर्को ठाउँमा असर परेको कारण नाम परिपर्तन गरेछन्। तर हाम्रो गाउँमा भने ३० वर्षपछि पनि त्यही नामले बोलाउँदा उनीहरुमा लज्जाबोध भइरहेको थियो र पटक पटक हाम्रो त्यो नाम होइन भनिरहे। लामो समयपछिको हाम्रो भेट नामको कारण दुखि हुनु पर्यो।
यस्तै कति नामहरु छन्, कुनै जानाजान र कुनै अनजानमा राखेका र नागरिकतामा पनि त्यही नाम राखिएको पाइन्छ। हरेक कामकाजमा नागरिकता देखाउनु पर्ने, ठूला ठूला सेमिनार बैठकहरुमा सयौं जनाको अगाडि नाम बोलाउँदा उठ्ने कि नउठ्ने भन्ने कुरा मै दोधार हुने।
हाम्रो मानव स्वभाव पनि अचम्मको छ, जुन नाम असहज छ, त्यो नाम पटक पटक दोहोर्याउछौं। नाम भनेको मान्छेको प्रतिष्ठा हो, सम्मान हो। नाम बोलाउँदा शीर झुक्ने नाम नराखौं, नामको कारण आफ्ना छोराछोरीलाई हिंसाको शिकार नबनाउँ।
नेपालको संविधान २०७२ को धारा ३९ को उपधारा १ अनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहितको नामाकरण र जन्मदर्ताको हक हुनेछ भनिएको छ। बालबालिकाको तब मात्र सही पहिचान हुन्छ जब उसको सही नाम र नामाकरण हुन्छ।
आशा छ हुम्लाका सरोकारवालाहरुले नव शिशुहरु कोरोना र भाइरसको नाम परिवर्तन गर्नु हुनेछ।
(लेखक महिला अभियान्ता हुन्।)