बाग्मती सफाइ महाअभियान सुरू भएको सात वर्ष पुगेको छ। २०७० जेठ ५ गते बागमती सफाइ अभियान सुरू गरिएको थियो।
यो महाअभियान ३६८ औं हप्तासम्म आइपुगेको छ। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण ३५८ औं हप्तादेखी यो अभियानको स्वरुपमा केही परिवर्तन गरिएको छ ।
अभियन्ताहरु आ-आफ्नो घर आँगन र घर नजिकको सडक सफाइ गर्दैछौं। २०७२ को भूकम्प, त्यसपछिको नाकाबन्दी, दशैतिहार जाडोगर्मी होस् या अन्य चाडपर्वमा पनि यो महाअभियान रोकिएको थिएन।
यसपटक कोरोनाका कारण नेपाल सरकारले लकडाउन गरेकोले सफाइ अभियानको स्वरुप परिर्वन गरिएको हो।
यो महाअभियानमा हालसम्म १० लाख भन्दाबढीको जनसहभागिता भइसकेको छ। २० हजार मेट्रिक टन भन्दा धेरै फोहोर नदीबाट निकालेर व्यबस्थापन गरिएको छ।
यस अभियानमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको अहम भूमिका रहँदै आएको छ। नदी किनारमा करिब पाँच हजार विरूवा रोपिएको छ।
नदी किनारमा १३ वटा भन्दा बढी पार्क निर्माण कार्य अघि बढेको छ। यस महाअभियानमा राष्ट्रपतिदेखी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री लगायत राज्यका उच्चपदस्थ पदाधिकारी र कर्मचारी सामेल भइसकेका छन्।
यो महाअभियानको प्रेरणाबाट उपत्यकाका सहायक नदीहरु हनुमन्ते, मनोहरा, माथिल्लो बाग्मती, गोदावरी, तिलगंगा क्षेत्र, आलोकनगर क्षेत्र, चक्रपथका बिभिन्न क्षेत्रको सफाइ अभियान संचालनमा आएका छन्।
देशभरी एक सयभन्दा बढी ठाउँमा सफाइ अभियान संचालनमा छन्। मेची-महाकाली सफाइ अभियान मार्फत करिब ४० स्थानमा सफाई अभियान भएका छन्।
विभिन्न ठाउँमा ढल निर्माणका काम भइरहेका छन्। स्वत स्फूर्त रुपमा बाग्मती नदी किनारमा १३ वटा भन्दा धेरै पार्क बन्दैछन्।
शंखमूल पार्क, श्री श्री ३ पार्क र यूएनपार्क संचालनमा छ। यी पार्कमा दिनहुँ मानिस आउजाउ गर्छन्।
नदी किनारमा स्थानीय क्लब, विभिन्न समूहले बृक्षारोपण गरेका छन् भने अभियन्ताहरुले आफ्नो जन्मदिनमा बाग्मती किनारमा बृक्षारोपण गर्ने गरेका छन्। यो नियम जस्तै बनेको छ।
बाग्मती किनारामा रुद्राक्ष, बर-पिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, अम्बा, गुलाब लगायत विरूवा हुर्किदै आएका छन्।
यसले बाग्मती नदी किनार बाताबरणमैत्री बन्दै छ। सरकारको आधिकारिक निकाय अधिकार सम्पन्न बाग्मती आयोजनाबाट भत्केको पुलदेखी थापाथली पुलसम्म सोलार बत्ति जडान गरेको छ।
काठमाण्डौंबासीले बाग्मती नदीमा ३० औं वर्षदेखी फोहोर थुपार्दै डम्पीड साईड बनाएको नदीमा अहिले यस्ता थुप्रै परिवर्तनका कारण आशाका किरण पलाएको आभाश पाएको स्थानीयबासी र नागरिक समाजले बताउने गर्छन्।
नागरिकमा पनि चेतनाको अभिबृद्धि भई पहिला फोहोर सोझै बाग्मतीमा फाल्नेहरु अहिले सचेत भएका छन्। जनमानसमा चेतनाको जागरण भई नदीमा फोहोर फाल्ने कार्य निकै कम भएको छ।
अझै केहीले राती नदीमा फोहोर फाल्ने गरेको पाइन्छ। यीमध्ये केहीलाई पहिचान गरी महानगरले कारवाही गरेको पनि छ।
यो अभियान कहिलेसम्म भन्ने प्रश्न धेरै उठने गरेको छ। यसबारे अभियन्ताहरुसँग एउटै जवाफ छ-जबसम्म बाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो जारी रहन्छ।
पछिल्लो समय बाग्मती सफाइ महाअभियानको सफाइ मोडलमा केही परिवर्तन गर्न अभियन्ताहरु स्थानीय सरकारसँग समन्वय गरिरहेका छन्।
यही बेला कोरोनाको संक्रमण फैलियो जसको कारण बाग्मती सफाई महाअभियान पनि प्रभावित हुन गयो।
यो अभियान सामुहिक रुपमा संचालन हुन सकेन। अभियन्ताहरु आ-आफ्नो घर आँगन घरको नजिकको सडक सफा गर्ने अभियानमा छन्।
अभियन्ताहरुले एक किसिमको समीक्षा पनि गर्न थालेका छन्। प्रकृतीले सफाइ अभियानको मोडललाई पनि परिवर्तन गर्न लागेको त होइन?
अब सानो कामबाट सफाइ अभियान थालनी गर्न सक्यौ भने असल नागरिकको पहिचान दिन सक्छौं। निम्न २ कामलाई आजैबाट लागू गरौं। यो गर्न सक्यो भने फोहोरलाई कम उत्पादन गर्न सकिन्छ।
१. घरबाट निस्कने फोहोरलाई बर्गीकरण गरी कुहिने फोहोरलाई अर्गानिक मल बनाई कौसी खेती गर्ने।
२. प्लाष्टिक, फलाम कागजलाई बिक्री गर्न सकिन्छ त्यो फोहोरबाट मोहर कमाऔं।
हाम्रो घरको फोहोरले मोहर कमाइ हुने अनि अर्गानिक तरकारी र फलफूललाई म हुने।
यतिमात्र होइन फोहोर घटाएर असल नागरिक बन्दै स्थानीय सरकारलाई पनि सघाउन सकिन्छ।
बाग्मती सफाइ अभियान अहिले आफ्नो घर आँगन, सडक सफाइमा सीमित छ। घरबाट सफाइ अभियानको थालनी गर्दा फोहोरलाई जथाभावी नदीमा फाल्नु हुँदैन भन्ने चेतना जागेको छ।
आफ्नो घरबाट निस्कने फोहोरलाई जथाभावी नदीमा फाल्ने, सार्वजनिक स्थलमा फाल्ने, आफू राम्रो भए पुग्यो, आफू सुखी भए पुग्यो, दोस्रो ब्यक्तिको बारे नसोच्ने, समाजबारे नसोच्ने, वाताबरणबारे नसोच्ने कार्य गरेको कारण विभिन्न समस्या आउँछन्, अहिलेको महामारीजस्तै!
हामीले अब सोच्ने बेला आयो, चिन्तन मनन गर्ने बेला आयो, अब पनि हामी ब्युझिएनौं भने अझ यस्ता धेरै महामारीसँग जुध्नुपर्ने समय आउने छ।
महामारीलाई जितेर हामी पहिलेको कार्यलाई पुनरावलोकन गर्दे नयाँ दिशाबाट हाम्रो जीवनयापन गर्ने समय आएको छ।
हाम्रो पालामा नै असल कार्य गरी राम्रो समाज बनाउन हामी लाग्नुपर्छ।
(लेखक बाग्मती सफाइ महाअभियानका अभियन्ता हुन्)