नेपाली राजनीति वृत्तमा पुस्ता हस्तान्तरणको बहसले राजनैतिक रङ्गमञ्च तरङ्गित गराउने गर्छ। युवावर्गलाई राजनैतिको मुल नेतृत्व प्रदान गरिनु पर्छ भनेर दमित र असन्तुष्ट आवाजहरु निरन्तर आउने गर्छन्। तर नेपाली राजनीतिले कहिले पुस्ता हस्तान्तरण गर्ने हो? त्यो समयको गर्भमा रहेको छ।
किनकी नेपालका राजनैतिक नेतृत्व वर्गको क्रियाकलाप हेर्दा अपवाद बाहेक सकभर मृत्यु पश्च्यात मात्र पद छाड्ने मनसाय राखेको देखिन्छ। हाम्रा नेतृत्ववर्गहरु अन्तिम साँस रहेन्जेलसम्म पनि पदमै रहने मनोदशाले ग्रसित भएको पाइन्छ। युवा वर्गले राष्ट्रिय पार्टीको अध्यक्ष, देशको प्रधानमन्त्रीका रुपमा नेतृत्व प्राप्त गर्न अझै केही दशक लाग्ने देखिन्छ।
वर्तमान समयलाई हेर्दा नेपालमा पहिलो पुस्ताले जो राजनैतिक सन्यास लिएर पार्टीको सल्लाकार भएर बस्ने बेलामा पनि अझै दल र सरकारका कमाण्ड समालिरहेका छन्। त्यसका निम्ति उनीहरु मरिहत्य गदै पार्टीलाई विभाजन, अस्थिरता पैर्दा गदै सडाको मच्चाउन समेत पछि पदैनन्। पार्टी स्थापना गर्नु, पार्टीलाई मुलधारमा ल्याएर राष्ट्रको प्रमुख पार्टी माध्ये एक बनाउने काम आफैमा चुनौतीपूर्ण हो।
कुनै पनि पार्टी, राष्ट्रिय पार्टी बन्नुमा उपल्धि मान्नु पर्छ। त्यसका लागि नेतृत्वको त्याग, बलिदान र सघर्षको महत्वपूर्ण भूमिका रहेको छ। उनीहरुको योगदानको कदर गर्न पनि जरुरी छ तर यो भन्दैमा पहिलो पुस्ताले बाचुन्जेल नेतृत्वमा आफै मात्र हुन खोज्नु, आफू बाहेक अरुलाई सक्षम नदेख्नु, पद र शक्तिका लागि रडाको मचाउनु आफैमा व्यक्तिवादी र आत्मकेन्द्रित सोच हो।
पार्टी एउटा जीवन्त संस्था भएकाले नेताहरु जहिले पनि पुस्तान्तरणका निम्ति तयार हुन जरुरी देखिन्छ। त्यो प्रजातान्त्रिक, लोकतान्त्रिक पद्धति अपनाएका पार्टीहरुका निम्ति सुन्दर साथै आवश्यक पक्ष पनि हो।
आज राष्ट्रिय पार्टीका शिर्ष नेताहरु प्रायः पहिलो पुस्ताहरु माध्येकाले प्रतिनिधि गरिरहेका छन्। युवाका नेतृत्व बारे हामी देशविदेशका उदाहरणहरु प्रशस्त दिन्छौँ। तर किन पुस्ता हस्तान्तरण निम्ति संघर्ष गर्न डराउछौँ। युवा साथीहरु पुस्तान्तरण गरि नेतृत्व लिन कतिको तयारी अवस्थामा छौँ। हामी पुस्ता हस्तान्तरणका कुरा गरेर कुनै एक नेताका भजन मण्डलका सदस्य मात्र बनेका त छनौँ? आज आफ्ना नेता राम्रा, अरु सबै खराब देख्ने मनोरोगबाट ग्रस्त भएका छौँ।
आज हामी जनता माझभन्दा पनि गणेश प्रवृत्तिबाट लाभका पद हासिलका निम्ति कुरेर शिर्ष नेताका निवासका परिक्रमा त गरिरहेका छैनौँ? हाम्रा युवा उर्जा सामाजिक सञ्जालमा आफ्नालाई भजन र अरुका लागि आलोचना गर्नमा खर्चिएका त छनौँ? आज गुट, उपगुट पार्टीभन्दा पनि गुवा झुण्डका सदस्य भएका छैनौँ? जसले गर्दा हाम्रा पहिलो पुस्तालाई फाइदा पुगिरहेको छ छैन। एक पटक सोच्ने बेला भएको छ।
उमेर बढेसँगै मानिसका शरीर जिर्ण हुँदै जान्छ। युवा पुस्ताले पार्टीमा दशकौँदेखि पहिलो पुस्ताका नेतृत्वको लिडरसिप स्वीकार्न विवश छन्। नेतृत्व परिवर्तनका विषयमा चर्चा गरिरहँदा कसले बिरालोको घाटीमा पहिले घन्टी बाध्ने भनेझै कसले, कसरी र कहाँबाट सुरआत गर्ने भन्नेमा नै हामी अन्यौलमा छौँ।
वर्तमान राजनैतिक संरचना यसरी निमार्ण भएको छ कि राजनीतिले सबै वर्ग, समुदाय, लिंगका नेता कार्यकतालाई आसे र परनिर्भर बनाईदिएको छ। जसले गर्दा राजनैतिककर्मीले पुस्ताहस्तान्त्रण निम्ति शाहस र आँट गर्न खुट्टा कमाउने गर्छन्। आफ्ना नेतृत्व कतै रिसाउने पो हुन् कि, नपाइने पो हो कि, कतै राजनीतिमा किनाराकृत पो भैने हो आदि इत्यादि। तर पनि अबका दिनमा नेतृत्व विकल्पबारे छलफल हुन आश्यकता छ।
युवा वर्गलाई भविष्यको कर्णधार, राजनैतिका मेरुदण्ड, परिवर्तनका संबाहक भनिरहदा कर्णधार बन्ने अवसर कहिले पाउँछन भन्ने प्रश्न प्रमुख हो। उमेरले नेटो काटेपछि? तर पनि आजका युवा राजनैतिकले यो प्रश्नको उत्तर प्रत्येक युवावर्गले समयमा नै खोज्नै पर्ने बेला आएको छ। कति युवा राजनैतिकको राजनैतिक तालमेल मिलाउन नसक्दा कति खेर किनारमा पुगिसकेका हुन्छन् थाहा नै हुँदैन।
निर्वाचित हुँदै गएपनि पार्टीको पदाधिकारीसम्म पुन्दा उ कतिबेला युवाबाट बृद्धमा बदलिसकेको हुन्छ, थाहा नै हुँदैन। विद्यार्थी र युवा संगठनमा हेर्दा, त्यसका ४० वर्ष उमेरकाले नेतृत्व समालिरहेका छन्। अब यस्तो स्थितिमा उ कहिले पार्टीको केन्द्रिय सदस्य बन्ने, कहिले पदाधिकारी बन्ने र पार्टी र देशको नेतृत्व कहिले सम्माल्ने? उत्तर स्पष्ट छ, उमेरले नेटो काटेपछि।
आज नेपाली समाजमा युवाको अवस्था हेर्ने हो भने निकै नै करुणामय अवस्था छ। शिक्षित युवा हुन् वा साक्षर युवा, सबैको आफ्नो समस्या, पीडा छ। जस्तो बेरोजगारी, अवसरको कमि र परिवारसँग छुट्टिएर विदेशिनु पर्ने जस्ता साझा समस्याहरु छन्। अनिश्चित भविष्यदेखि उनीहरु निकै नै निराशा साथै हतोत्साहित भएको अवस्था छ। हामीले युवा नेतृत्वको कुरा गरिरहदा युवा किन निराशा र हतोत्साहित छन्? उनीहरुले के चाहान्छन्? उनीहरुको सीप, क्षामता र अनुभवलाई कसरी उपयोग गर्न सकिन्छ? त्यस बारे ठोस नीति र कार्यक्रम हुन जरुरी छ।
कतिपय युवाहरु विदेश जान पाउँ भनेर विभिन्न मन्दिर, चर्च, गुम्बा र मस्दिजमा धाउने गर्छन भने, सानोभन्दा सानो कामको लागि पनि अपवाद बाहेक नेता र सम्बन्धित व्यक्तिलाई भनसुन लगायत विशेष अनुरोध गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा सर्वप्रथम युवालाई कसरी स्वादेशमा अवसरहरु सृजना गर्न सक्छौँ? त्यस तर्फ ध्यान जान जरुरी छ।
आज हामी नेपाली युवाहरु विभिन्न पार्टीमा आवद्ध छौँ। त्यो राम्रो हो तर युवा कसरी आवद्ध भएका छन्। पार्टीमा उनीहरुको भूमिका के, कस्तो छ? युवाहरु लहलहैमा लागेर पार्टीमा हिँडेका छन् वा आफ्नो बाजे, बाबा वा आफन्त, छिमेकी लागेकै भरमा पार्टी रोजेका छन्। कि निश्चित स्वार्थ परिपूर्ति गर्ने उदेश्यले समावेश भएका छन्। राजनीतिमा बुझेरै वा बहकिएर उनीहरुले पार्टी रोजेका छन्।
युवा नेतृत्वले कस्तो नेपाल चाहन्छ? स्पष्ट हुन जरुरी छ। अपवाद बाहेक राजनीतिमा युवाको भूमिका भीड जम्मा गर्ने, झण्डा बोक्ने, आन्दोलन गर्ने। त्यसमा पनि विशेष गुट र नेताको प्रचार गर्ने। गुटका नेताको अन्धभक्त भएर चाकरी गर्नमा नै सिमित हुने। आलोचनात्मकभन्दा पनि स्वार्थ प्राप्तका निम्ति गरिने क्रिर्याकलापले युवालाई प्रश्न गरिरहेको छ। ठोस नीति र उदेश्य नहुँदा युवाको सम्भावना र समय खेर जाँदै छ।
हामीभन्दा अघि के-के भयो। कसले के गरे भनेर आलोचना र दोष अरुलाई देखाएर चोखिनुभन्दा इतिहासको समीक्षा गर्दै अघि बढ्न जरुरी छ। अबका युवा पुस्ताले आग्रजको अनुभव र विज्ञको सल्लाह सुझावलाई अङ्गाल्दै नेतृत्व लिने आँट गर्नु पर्छ। हाम्रो पुस्ताले आउने पुस्तालाई विकसित,आत्मानिर्भर तथा समृद्धि नेपाल हस्तातरण गर्न जरुरी छ।
तसर्थ हामीले आँट नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने किनकी आज २१ औँ शताब्दीमा नेपाल र अरु राष्ट्र कहाँ छन् मूल्यांकन गर्न जरुरी छ। के हामी युवाले राजनीति र नेतालाई गाली गरेर मात्र देश विकास हुँदैन। त्यसका लागि राजनैतिक रुपमा सहभागी हुन जरुरी छ। राजनैतिकमा मतदाता र कार्यकताभन्दा माथि उठेर नेतृत्वमा सही काम गर्न जरुरी छ। त्यसका लागि हस्तक्षेपका माध्यमबाट नेतृत्वमा पुग्ने पुर्याउने आँट गर्नुपर्छ।
लाभका पद नपाउन्जेत युवा नेतृत्व भने पाएपछि चुप लागेर बस्ने युवाहरुका विरुद्ध पनि बोल्न जरुरी छ। युवालाई भविष्यका कर्णधार भनेर वर्तमानमा युवाको भविष्य माथि खेल्वाड गने अधिकार कोहीसँग छैन। अब युवा भविष्यको कर्णधारभन्दा पनि वर्तमानको सझेदार बन्न सक्नु पर्छ।
अब पुस्तान्तरण र युवा नेतृत्वका पार्टीमा संघर्षको विकल्प छैन। नत्र हजारौँ युवा नेताहरु कतिबेला वृद्धमा रुपान्तरण भैसकेका हुन्छन्, स्वयम उनीहरुलाई पनि थाहा हुँदैन। तसर्थ यवा अब नेतृत्व परिवर्तनका निम्ति तयार हुन आवश्यक छ।