सहर अनेक ग्राम एक मुकाम हो, जहाँ सडक मान्छेदेखि मनमोहक सांस्कृतिक धरोहरका धोजापतका फहराइरहेका हुन्छन्। कसैले कृति रचेर सहर पस्छन् त कोही ढोंग कृति अनुग्रहमा विकृतिका बहकाउमा लाग्छन्।
रामकी सितादेखि श्यामकी राधाका गित गजल समेत गुन्जिन्छन् सहरमा। म आज यो कान्तिपुर नगरी र काष्ठ र काष्ठकलाले नाम्लोको बैर्रो जसरी अडिएको सहरको कुरा गर्न खोजिरहेको छु।
छहरा र पहराको भित्रि छाप्रो तर जानकी मन्दिर दक्षिण र फेवा तालाउ माथिको मुक्तिनाथ पच्छिम साँगामा पूर्व र पशुपतिको किल्ला बोकेको यो रहरको सहर अनेकता भित्र एकता र बहुरुपता प्रकट गर्दछ। अलि सविस्तार जाँदा, अब म नदीनाला बारे केही लेख्दै छु जो सहर नजिकै भएर बज्दै बग्दछन्, पुराना नाम र सभ्यतामा केन्द्रित हाम्रा सहर पस्ने नदीहरु र सहाराका बस्ती बनाउने टारहरु निम्न वर्णित छन्।
काठमाडौँकी नदी हुन् बागमती, बराह क्षेत्रकी नदी हुन् कोशी, कोकाह; चामेकी नदी नर्खोला, मर्स्याङ्गदी; जुम्लाकी नदी हुन् तिला, तौलिहवाकी नदी भागीरथी बाणगंगा हुन्; धनगढीकी नदी हुन् मोहना, पनौतीकी नदी हुन् पद्मावती, लिलावती; दमैलीकी नदी हुन् मादी, दिङ्लाकी नदी हुन् अरुण; तुलसीपुरकी नदी हुन् पातु खोला, बुटवलकी नदी हुन् तिनाउ; बाराकी नदी हुन् लाल बकैया, महेन्द्रनगरकी नदी हुन् महाकाली,
गडीमाइकी नदी हुन् मुगु कर्णाली, दुनै कि नदी हुन् ठूली भेरी, जुम्ला खलंगाकी नदी हुन् सानो भेरी; तुंम्लिङ्गटारकी नदी हुन् अरुण सभा; चौरजहारीकी नदी हुन् ठुलो भेरी; धनुषाकी नदी हुन् हर्दिनाथ, पुतलीखेतकी नदी हुन् आधिखोला; पोखराकी नदी हुन् सेती; जोमसोमकी नदी हुन् कालीगण्डकी; मन्थलीकी नदी हुन् तामाकोशी; विरेन्द्रनगरकी नदी हुन् निकासखोला; बेसीसहरकी नदी हुन् मर्स्याङ्गदी; विराटनगरकी नदी हुन् बक्रहा, केसल्या, सिंगिया।
कैयन सहर बन्दा धेरै नदीहरुका माडी वा टार क्षेत्रलाई प्रयोग गरिएको पाइन्छ र सुगमताको परिवेशलाई पनि जोडेर हेरिएको पाइन्छ। नेपालका थुप्रै सहर र ग्राम बस्ती नदीनालाले छोएको पाइन्छ। नदी एक परिधि हो, हामी धेरै सहरको धेरै किसिमका आग्रह पूर्वाग्रह केलाउन छाडेर काठमाडौँ उपत्यका भित्रका नदीहरुका पुराना सांस्कृतिक नाम खोतलौ त, यिनका नामहरु निकै मार्मिक र मर्म स्पर्शी छन।
जस्तै: धोबीखोलाको सांस्कृतिक पहिचानको नाम रुद्रमति हो भने मनोहरा नदीको मणीमति हुन्, यी दुवै खोला बागमतीमै मिसिन्छन् र एक भएर चोभारको घाटीबाट पार हुन्छन्।
नदी सभ्यतालाई उही पुरानो संस्कारलाई जोडेर बचाउन सकिन्छ, दिगो विकास भित्र नदी नाला स्वछन्दता र निर्मल हुनुपर्ने उदेश्य भएको हुनाले पनि हामी मानव सभ्यता भित्रको नदीलाई करुणा देखाउन जरुरी छ। हाम्रा अनियन्त्रित प्रदुषणको शिकार खोला सभ्यता हुनु हुँदैन। बाघदरबारबाट निस्केको मुहान बागमती कञ्चन र निर्मल राख्न हामीले सहरको रहरका नाममा कुरुप सोच र नदीका खोच सफा गर्न लागि परौँ र पारौँ।
'बागमती प्रदेशको सान बागमती नदी, काठमाडौँ सहरमै पवित्र र स्वच्छ स्नान' 'हाम्रो प्रदेश सरकारको जल पैरभी' नारा ल्याउन केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार सकारत्मक पहलमा लागिपरौँ।
जब खोलानाला स्वच्छ हुन् थाल्छन् तब हामी सहर भित्र स्वच्छ बहसमा केन्द्रित हुनेछौँ र राजनीतिको खोल पनि स्वच्छता तर्फ लम्किन्छ। सहर सफाई भए बल्ल देश भित्र सरसफाई फैलिन्छ।
हरेक अनुभव छन् यो सहरमा, दुख पीडा अनेक छन् सहर भित्र गुड्ने सवारीमा। शान्ति खोजेर र रोजेर पाइने वस्तु होइन, यसका लागि बाहिर र भित्र भएका मैलो सफा गर्नु पर्छ। यो देशलाई ग्राम सहर र सहरसँगै सभ्यताको महत्वको विकासलाई वृद्धि गर्नु पर्छ र सकारात्मक मिथक/पौराणिक कथाहरुलाई र बुझाईहरुलाई राष्ट्रियकरण गरि नयाँ सहरको परिभाषा भित्र डोर्याउनु पर्छ।
आफू भलो तो जगत भलो भन्ने प्रवृत्तिलाई घटाउनु पर्छ जसको लागि भ्रष्ट मानसिकता माथि दण्ड दिनुपर्छ।
काठमाडौँ सहर राजधानी समेत भएकाले यस सहर सबैको रहर हुनुपर्छ। यो सहर भित्रका मान्छेहरुमा बेग्लै करुणा हुनुपर्छ। बागमती प्रदेशको सहर बागमती नदीको विराट रुपलाई बुझेर सहर सफा राखौँ, आर्थिक, भौतिक र मानसिक रुपमा स्वच्छ रहौँ।
सहर भित्रका कहर सबै अन्त्य होउन। नदी खुलेर बज्न र बग्न पाउन र नेपाल एक नया सहरीया नागरिक बनाउन सफल होस्। बागमती, विष्णुमति, रुद्रमति र मणीमति सबै नदीखोला हासेर कञ्चन बनेर बगुन, खोचा र नदी पाटा नमासिउन र सहर भित्रका नदी किनाराका बस्तीमा नपसुन्।
सबै सहरिया जीवन जागरुक र गतिशील हौँ न। नेपाल भित्रका सम्पूर्ण ग्राम बस्ती, ग्रामिण सहर र मुकाम सहर दिगो विकासमा लम्किउन।
आगे सत्य।