कोभिड-१९ को त्रासदिबाट पूरै जगत थर्कमान छ, हामी नेपालीहरु समेत यसको चेन ब्रेक गर्न सकिरहेका छैनौँ। करिब आधा वर्ष हामी यही अबस्थाबाट गुग्रिरहेका छौँ। मानौँ पैचो, र सर्सापटी चलाउँन गाँउ गहेका मानिसहरु समेत पुनः आ-आफ्नो कर्मभूमिमा फर्कीरहेका पाइन्छन।
आकाश बन्द छ, गरिबीका आँसु पुछ्ने गतिलो जागिर वा पेशाको सहाराबाट बाच्न आउने नयाँ कर्मठ जाँगरहरु मन्द गतिमा चलिरहेका छन। यो कोभिड-१९ बारे धेरैले आफ्नो छोटोदेखि लामो दूरी पार गर्दै गराउदै, जोगिदै जोगाउदै हिँडिरहेका छन्। आज यो पंक्तिकार कोभिड-१९ बाट आएको सबै पराकम्पनभन्दा पनि एउटा विषय केन्द्रित हुन खोज्दैछ। त्यो हो गाँउ, सहर गाडीका हर्नले बिउज्याउने सडकपेटी सहित र रहितका नागबेली सडकहरु।
राम कहानी भन्ने नेपालमा होली-होली विषय होला, तर दैनिक जसो सडक दुर्घटना विदेशी भूमिका नागरिकलाई उतैका भाषाका होली/धार्मिक कहानी होलान्, बन्लान् तर नेपालीहरुले त सडक पूर्वाधारका अभ्यासको कमिले होला। विदेशीन गएका श्रम र पसिना बेच्ने नागरिकहरु विदेशी सडक दुर्घटनाको समेत शिकार हुन परेको छ। त्यो यान्त्रिक सवारीमा भन्दा ज्यादा सडकमा हिड्ने ज्ञानको कमिले।
फेरि नेपाली प्रचलित मूल्य र मान्यता जस्तै विकास हुँदै गएको छ, भाइरल कुरामा रियाक्सन। त्यसकारण यो नागबेली कहानीलाई समेत समाजमा कोभिड अर्थात् दृढ भएर भाइरल रोगमा रुपान्तरण हुँदै गएको कोभिड-१९ जोडेर हेरौँ।
यो कोभिड महामारीको अचुक औषधी भनेको लकडाउन बाहेक, सामाजिक दूरीनै हो भन्ने कुरा सम्पूर्ण जन-जनमा मुखारित छ होला। मैले त केही पहाडका डाँडा र तराईका फाँटमा एक आर्का बीच बोलचाल समेत नभएको भेटेँ जुन सरकारले पहिलो चोटि समय तोकेको थियो लकडाउनका बेला।
तर यस्तो लामो समयसम्म यो भाइरस रहला भन्ने कसैले साधारण स्थरमा सोचेका थिएनन् र अनन्ततः सरकारले नागरिकको जीवन बचाउन मास्क अनिवार्य भनेर भनिरहनु परेको अवस्था छ। यो सन्दर्भ यहाँ जोड्नुको कारण हो, समय घर्क्केपछि सडक त एक मात्र बिकल्प भयो, जहाँ सामाजिक दूरीको कुरा कार्यान्वयन गर्ने सवालमा। तर सडक कसरी बनेको छन त नेपालमा, त्यो विज्ञानले वा शाब्दिक (विज्ञान) नाम गरेका समाजका राजनीतिकर्मीले? पंक्तिकारको चासो अझ भिन्नै तरिकामा छ।
सडकसँग सीमित साइनो राखेर कुरा गर्दा, म आज नेपाली नागबेली सडक विकासको दुर्दशा बारे आफ्नो भावना छिचल्न गैरहेको छु। म सामान्य नागरिक अझ बटुवा जसको सिधा साइनो बाटोसँग छ। मेरो सरल बुझाइ के हो भन्दा, देशको विकासको गति र नागरिकहरुको प्रगति गर्ने थलो वा मियो भनेको सडक र व्यवस्थित पूर्वाधार रहेछ। सडक भनेको देशको विकासको सूचांकको पदक जस्तै रहेछ।
गाँउ, सहर र मानव बस्तिका संजाल/सर्किटको सम्पर्क सुत्र भनेको सडक पूर्वाधारहरु हुन्, जहाँ सडकसित जोडिने कुराहरु प्याकेजमै विकास हुनुपर्छ, निसर्त। नेपाली जनजनले सहरी क्षेत्रमा सडकको दशा दिनानुदिन भुग्नु पर्छ, सबै मान्छे गाडी चड्ने ल्याकत राख्दैन् भन्ने कुरा नीति निर्माता र बुज्रुकहरुले बुज्नु जरुरी छ वा मनन् गर्नु पर्छ।
नेपाली राजनीतिक आकाशमा सडक गर्जन र सडक कब्जा गर्ने धम्की घुर्की कुनै नौलो कुरा होइन तर उनै मानिसहरु सत्तामा पुग्छन र कुर्सी मात्रै पुज्छन। बटुवा हिड्ने सडक, सार्वजनिक सवारीसाधनका सुलभ पहुँच वा भनूँ नर्मल मान्छेको अहिलेको कोभिड त्रासमा अनिवार्य यात्राका लागि पालना गर्नु पर्ने सामाजिक दूरीका नियमहरु नागढुंगा प्रहरीको कापीमा र सिंहदरबारका मन्त्रालयका फाइलमा कार्योनयन भएको होला, सामान्य हिसाबले त यो रोग पनि बडो सडक संघर्ष गरेर नेपाली राज्य तहका उच्च पद आसिन ज्यूहरुलाई जितिसक्यो।
नाग र सर्प सरि जेलियाको सडक दृष्य हेर्दा सडकपेटी नहुनुलाई के हिसाबले बुज्ने खोइ? के सडक पेटी नागको काँचुली हो? अनि त्यो काँचुली फाल्न बेलाबेला विस्तारको नाम जोडेर हिड्नेमार्ग साँघुरो पार्ने वा कतै त् राख्दै नाराख्ने किन होला?, बुज्न सकिन्न। देशका अधिकांश सडकहरु अव्यवाहारिक भेटिन्छन, कतै त सडक संजालनै जोडिएका छैन।
हो, हामी धेरैलाई थाहा छ, पानीका पधेँरा, घाट जाने बाटो र बस्ती जोड्ने गोरेटो, घोडेटो हुँदै मटर बाटो बाच्छ नेपालमा, तर त्यो बाचेको मोटरबाटो गानो गएको जस्तो जता पायो उतै पिच गरेर देश हिरो हुँदैन।
सडक पूर्वाधार बारे हामी अन्जान जस्तो गर्न थाल्नु हुँदैन, लकडाउनमा भौतिक योजना मन्त्रीलाई उहाँले गरेको कामको सरहाना त गरौला तर खोइ त् बाँकी बटुवा हिड्ने र सामाजिक दूरी राखेर हिड्ने फुटपाथ निर्माणका लागि निर्देशन दिएको।
किन मैले मन्त्रीलाई निर्देशन दिन भने भन्दा, देशमा तीन तहको सरकार छन् तर आ-आफ़्नै दुबिधाबाट मुक्त छैनन्। विकासका सूचकलाई र कार्य मापदण्डलाई कसले हेर्ने, फेर्ने र जोड्ने भन्ने तादम्यताको कमि महशुस हुने गरेको पाइन्छ। सडक विभाग छ देशमा, उसको भूमिका बाटोमा टालो हाल्ने मात्रै दिने कि सडक सौन्दर्यलाई सघाउ पुयाउने विकास विधि बनाउन खोज, अनुशनधान गर्न गराउने माग गर्ने?
के इन्टिग्रेटेड डेभ्लपमेन्ट प्लान लागू गराउने कसले हो? फरक क्षमता भएकाहरुको सडक यात्रा सहज बारे कसले सोचे हो कुन्नि? तीन-तीन वटा सरकार छन्, फरक मुकामहरु छन् तर कतै हेर्न लायक एकीकृत पूर्वाधार सहितका नमुना सहर छैनन्।
खोइ सदन कुर्लेको ५ वर्षे विकासी नारा दिएर भएका सत्ता पक्ष र प्रतिपक्ष? सामाजिक दूरी भने जस्तै राजनीतिको दूरी यो कोभिडले भनेको छैन। योजना र विकासमा छलफलका एजेण्डा हुँदैन, केबल प्रमलाई सरापेर केही भ्यागुतो उम्कने होइन क्यारे। ब्युरोक्रेसीको ल्याकत किन कम हुँदैछ?
लोकसेवाबाट जाँच पास गरेका इन्जिनियर, डिजाइनर र नीति निर्माण गर्न सल्लाह सुझाएर नमान्ने, नटेर्ने राजनीतिकर्मी ज्यूहरु, कृपया धैर्य भएर सुन्नु होस्। केबल सोचको रोमान्समा नफस्नुहोस। देशमा खुसी सानो-सानो कुरामा हुने परिवर्तनले ल्याउछ। सूचांक बटुवाहरु बुज्दैनन् वा उनीहरुसँग सुन्ने समय हुँदैन। विकास महशुस गराउने खालको गर्नुहोस, मदहोस् हुने विकासले विनाश निम्त्याउँछ। कोभिड-१९ पछि त केही सिक्नुहोस्। सबै ज्यूहरुलाई मेरो अनुरोध छ।
आमसञ्चारको माध्यमले अब जरा-जरामा भएका सुगन्धलाई आफै फैलन दिनुहोस्,अझ बढी विकास बिरोधी दुर्गन्धलाई जनता सामु ल्याउन सहयोग पुयाउनु होस्। काठमाडौँ उपत्यका र मुख्य सहरका सडक छेउमा मोनो रेल होइन यस्तै गति रहिरहे यो कोभिड त्राासको सडकमा भेटिएको सामाजिक समदूरीको गतिले जनतामा मनोरोग चाहिँ ल्याउने त् होइन?
के भनुँ म बटुवा, सडकपेटीको भोटो छोटो भएको नागबेली सडकलाई मंगलमय कामना टक्राउँदै नमन।
आगे सत्य।