कुनै पनि राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रियता जोगाउन सीमा सुरक्षाले अत्यन्तै ठूलो भूमिका खेलेको हुन्छ। यसले ड्रग्स, हतियार, र प्रतिबन्धको गैरकानुनी आन्दोलनबाट राज्यहरूलाई पनि सुरक्षा दिन्छ।
हालै उब्जिएको कालापानी-लिपुलेक घटनाक्रमले हाम्रो देशको सार्वभौमसत्ता राष्ट्रियता कमजोर बनाउने कार्य भएको देखिन्छ। नेपालका सम्पूर्ण सीमा पहाडी जिल्लाले गाँसिएका छन्। त्यसैले, गर्दा पनि प्राय: सम्पूर्ण बोर्डरमा मानव बस्तीको बसोबास देखिन्न।
सीमा भनेको के हो? सामान्यता यस्ता रेखा जसले दुई देशका सीमालाई प्रशासनिक प्रभाग वा अन्य क्षेत्रहरूलाई छुट्याउने कार्य गर्दछ। त्यस्तो रेखालाई सीमा भनिन्छ। कुनै पनि देशको राष्ट्रियता, सार्वभौमसत्ता जोगाउन यसले मुख्य भूमिका खेलेको हुन्छ।
विश्वका विभिन्न देशबीच सम्बन्ध बिग्रनुको कारण पनि सिमानालाई लिइन्छ। उदाहरणको रुपमा भर्खरै मेक्सिको -अमेरिका बोर्डर। यी दुई देशको बीच सम्बन्ध बिग्रिनुको कारण पनि सीमालाई लिइन्छ। जसले गर्दा अमेरिकी सरकारले अमेरिका र मेक्सिको सिमानामा भित्ता हाल्ने निर्णयसमेत बाहिर आएको पाइन्छ।
त्यसैले, देशको कूटनीतिक सम्बन्धदेखि लिएर देशको आर्थिक, प्रशासनिक, रक्षात्मक कार्यमा बोर्डर सुरक्षाको एकदमै ठूलो भूमिका हुन्छ भन्ने कुरा प्रष्ट पार्दछ। आफ्नो सीमालाई अवैध हातहतियार , लागुऔषध, प्रतिबन्धित व्यक्तिहरुलाई प्रतिबन्ध लगाउन तथा देशलाई आर्थिक समृद्धिमा वृद्धि गर्न र देशको राष्ट्रियता सार्वभौमसत्ता जोगाउन गरिने कार्यलाई सीमा सुरक्षा भनिन्छ।
सीमा सुरक्षाको महत्व
- देशको सार्वभौमसत्ताको रक्षा गर्न,
- देशमा शान्ति कायम गर्न,
- देशमा हुने अमर्यादित कार्य (मानव बेचबिखन, वन्यजन्तु तस्करी )आदि रोक्न रोकथाम गर्न,
- आपराधिक घटना रोक्न,
- आप्रवासी मानिसको आवतजावत रोकथाम गर्न आदी।
सीमा सुरक्षामा आवश्यकता
आतंकवादक, आपराधिक क्रियाकलाप, हातहतियार ओसारपसार आदि खतराका कारण सीमा सुरक्षाको अवधारणा धेरै विकसित भएको छ। सीमा सुरक्षा राष्ट्रिय सुरक्षाको एक महत्वपूर्ण अङ्ग हो। अर्थात् यदि कुन देशमा सीमा सुरक्षामा विवाद छ भने त्यहाँ तनावपूर्ण स्थिति सिर्जना हुनु स्वाभाविक हो। उदाहरणको रुपमा भारत-पाकिस्तान सीमा। यी दुई देशबीच पटकपटक भइरहेको हिंसात्मक आक्रमणको कारण पनि सीमा विवादलाई लिन्छ। जसले गर्दा प्राय: त्यहाँ तनावपूर्ण स्थिति देखिने गरिन्छ। यसबाट पुष्टि गर्न सकिन्छ कि कुनैपनि राष्ट्रमा शान्तिपूर्ण वातावरण, राष्ट्रको अस्मिता,सार्वभौमसत्ता, राष्ट्रियता जोगाउन सीमा सुरक्षाको आवश्यकता पर्दछ।
नेपालको सन्दर्भमा सीमा सुरक्षाको व्यवस्था
उत्तरी भागमा चीन र पूर्वी भागमा पूर्व-पश्चिम दक्षिण भारतसँग जोडिएको सिमाना नेपालको छ। नेपालको सीमा सुरक्षा हेर्ने जिम्मा नेपाल सरकार गृह मन्त्रालय अन्तरर्गत पर्ने सशस्त्र प्रहरी बलको हो। मुख्यत: सशस्त्र प्रहरीले सीमा सुरक्षा हेर्ने गृहकार्य गरिरहेको छ। चीनसँगका गाँसिएका उत्तरी सिमानामा प्राय: नेपालको पहाडी भू-भागले छोएको छ भने भारतसँग जोडिएका प्राय: खुला सिमाना छन्। खुला सिमानाले गर्दा नेपालमा पटक-पटक मानव बेचबिखन, अवैध तस्करीदेखि लिएर अन्य आपराधिक क्रियाकलाप भइरहेको खबर पनि सुन्ने गरिन्छ।
हामी कसरी सीमा सुरक्षामा अधिक कडा बनाउन सक्छौं?
पटक-पटक भइरहेको सीमा अतिक्रमण मानव तस्करी आदिबाट अब हामीले सिक्नुपर्ने आवश्यकता देखिन्छ। एक्काइसौं शताब्दी अर्थात् विज्ञान तथा प्रविधिबाट सिक्ने कुरा धेरै छन्। उदाहरणको रुपमा धेरै कुरा हामीले अरु विकसित देशले आफ्नो सुरक्षा कसरी अपनाएको छ भन्नेबाट पनि सिक्न सकिन्छ। हामीले सुन्दै आएको देश इजरायल पश्चिमी एसियाको एक देश, जुन दक्षिणपूर्वी तटमा अवस्थित छ। यसको उत्तरमा लेबनान, पूर्वोत्तर सिरिया, पूर्वमा जोड्न ,पश्चिममा किनार र गाजापट्टीको प्यालेस्टाइन क्षेत्रहरू क्रमशः पूर्वपक्ष, पश्चिम र दक्षिणमा इजिप्ट भूमि रहेको छ। चारैतिर मुस्लिम बाहुल्य देशहरूले घेरिएको मुलुक जसले आफ्नो सीमा सुरक्षाको कारणले गर्दा विश्वसामू उदाहरण पेश गरेको पाइन्छ।
इजरायलले आफ्नो सीमा सुरक्षामा अत्यधिक प्रविधि प्रयोग गरेको पाइन्छ। आफ्नो सीमाको सुरक्षामा रोबोगाड प्रयोग गरेको पाइन्छ। रोबोगाड सेन्सर प्रणाली रिचार्जेबल ब्याट्रीबाट चल्छ। र घन्टौंसम्म यसले सीमामा आवतजावत गरेको दृश्य कन्ट्रोल रूमसम्म पुर्याउँछ। यसमा जडित विधिले सुरक्षा अलरमको कार्य गर्छ। यसले गर्दा यदि सीमामा कोही कसैको आवतजावत हुँदा अलरम बज्नेवितिकै सुरक्षा निकायलाई जानकारी हुन्छ र त्यहाँ तुरुन्तै सुरक्षा निकायले कारबाही गर्छ।
नेपालमा प्राय: खुला सिमाना भएकोले हामीले पनि यसलाई झन् सुरक्षित गर्न प्रविधि प्रयोगमा ध्यान दिनुपर्दछ र हामीले पनि नेपालको सीमा सुरक्षा झनै कडा बनाउन निम्न विधि प्रयोग गर्न सक्छौं।
ड्रोनको प्रयोग
प्राय: हाम्रो खुला सिमाना भएकाले हाम्रो देशमा दैनिक हजार मानिस आवतजावत गरेको हुन्छ। हामीले एक-एकको जाँच गर्न पनि सम्भव देखिँदैन। त्यसमा पनि कतिपय जिल्ला पहाडी भू-भागले जोडिएकोले त्यसमा सुरक्षा फौज राख्न पनि चुनौती देखिन्छ। त्यस अवस्थामा हामीले प्रविधिको सहयोग लिन सक्छौं। सीमा सुरक्षामा मानिसको अनुहार, गतिविधि, व्यक्ति ट्रयाक गर्नसक्छ र जसलाई भिडियोमार्फत सीमाको गतिविधि नियाल्न सजिलो गर्छ।
थर्मल डिटेमेसन क्यामेराको साथमा लगाइएको ड्रोन स्थिर भिडियो क्यामराको तुलनामा पहाडी भू-भागहरूको माध्यमबाट अवैध सीमापार गर्ने प्रयासजस्ता अनियमित गतिविधिहरू ट्रयाक गर्नको लागि धेरै उत्कृष्ट छ। २००-३०० फिट र माथिको उचाइमा उडान गर्न, ड्रोनले जमिनको विस्तृत जानकारी दिन र गतिविधि पत्ता लगाउन सक्छ।
प्राय:ड्रोनहरू अधिक समयसम्म प्रयोग गर्न मिल्ने र जोखिमपूर्ण ठाउँमा पठाउन मिल्ने प्रविधि हो। र यसले हाम्रोजस्तो खुला सिमाना भएको देशमा मुख्य भूमिका खेल्न सक्छ।
ग्राउन्ड सेन्सर फर बोर्डर
यस विधिद्वारा सीमामा आवतजावत हुने मानवीय पाइलाहरूको पत्ता लगाई आफ्नो जानकारी सम्बन्धित सुरक्षा निकाय सम्म पूर्ण सहयोग गर्छ। मुख्यत: यस विधिले मध्यरातमा हुने तस्करी, आपराधिक घटना रोकथाम गर्न भूमिका खेल्न सक्छ। नेपालका तराईका जिल्लाहरूमा अवस्थित सीमामा यस विधिको प्रयोग गर्न सकिन्छ।
उपग्रहको माध्यमबाट सीमामा निगरानी
नेपालमा नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री केपी ओलीद्वारा सञ्चालित ‘डिजिटल नेपाल फ्रेमवर्क’ले नेपाल प्रविधिको युगमा प्रवेश गरेको पाइन्छ। प्रविधि युगसँगै हामीले हाम्रो सीमा सुरक्षादेखि राष्ट्रिय सुरक्षासम्म प्रविधिमैत्री गर्नुपर्छ। अर्थात् हामीले अत्याधुनिक प्रविधिको प्रयोग आफ्नो सीमा सुरक्षा जोगाउन गर्नुपर्छ। नेपालको पहाडी तथा हिमाली जिल्लाहरूमा रहेका कतिपय सीमाहरू मानवबस्ती समेत बस्न कठिन तथा चुनौतीपूर्ण अवस्था रहेको हुन्छ। त्यस अवस्थामा हामीले उपग्रहको माध्यमबाट त्यस क्षेत्रको नियन्त्रण गर्न सक्छौं। विश्वका प्राय: विकसित देशहरूले सीमा सुरक्षामा उपग्रहबाट निगरानी गरिरहेका हुन्छन्।
तालिम प्राप्त कुकुरको प्रयोग
नेपालमा पटक-पटक भइरहेको वन्यजन्तु तस्करी, लागुऔषध कारोबार आदि कार्य रोकथाम गर्न यसको प्रयोग गर्न सकिन्छ। यो एकदमै सस्तो र भरपर्दो हुन्छ। प्राय: तराईका खुला सिमानाबाट हुने गरेको त्यस्तो तस्करीमा यसले महत्वपूर्ण भूमिका खेलन सक्छ र यो कम झन्झटिलो हुन्छ।
सीमामा जासुसीको तैनाथी
प्रत्येक राष्ट्रको सुरक्षामा त्यस राष्ट्रको खुफियाले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। उदाहरणको रुपमा इजरायलमा पटक-पटक भइरहेको घुसपैठले त्यहाँको सरकारले सीमा सुरक्षामा आफ्ना खुफिया एजेन्सी मोसादलाई निगरानी राख्ने जिम्मा दियो र हालसम्म त्यहाँको सीमाक्षेत्रमा कुनै पनि हिंसात्मक स्थिति सिर्जना भएको देखिँदैन। त्यसबाट पनि खुफियाको भूमिका पुष्टि हुन्छ। त्यसैले, हामीले पनि आफ्नो सीमा सुरक्षामा खुफियालाई निगरानी राख्ने जिम्मा दिनुपर्छ।
निष्कर्ष
कुनै पनि राष्ट्रको लागि आफ्नो मातृभूमि अति प्यारो हुन्छ, चाहे राष्ट्र सानो होस कि ठूलो। यदि कुनै राष्ट्रले त्यस राष्ट्रको भूमि सीमा सुरक्षा अतिक्रमण गर्न खोज्दा त्यस राष्ट्रको राष्ट्रियता, सार्वभौमसत्ता आदिमा प्रश्न ऊठन सक्छ। त्यसैले, त्यस्ता कार्य रोकथाम गर्न प्रविधियुक्त सीमा सुरक्षाको आवश्यकता पर्छ। जसले देशको सार्वभौमसत्ता, राष्ट्रियता आदि बचाउन सकोस्।