जीवन र अर्थतन्त्रको बीच वादविवाद, कोरोना भाइरस सुरु हुँदादेखि देखिदैँ आएको छ। विश्वमा विभिन्न देशहरुको सरकारले एउटालाई प्रथमिकता देखिएको पाइछ भने कुनै देशका सरकारले अर्कोलाई प्राथमिकता दिएको पाइछ।
उदाहरणका लागिः अमेरिकाको सरकारले मानिसको जीवनभन्दा देशको अर्थतन्त्र लिइ पहिलेदेखि रोज्यो, जसको फलस्वरुप आजको दिन यानिकी ६ महिना पछाडि पनि विश्वको सबैभन्दा मृत्युको चार्टको पहिलो अंकबाट अझै पनि झार्न सकेको छैन।
त्यस्तै गरेर भारत र नेपाल जस्ता देशमा सरकारले जीवन लिए बढी प्रथमिकता सुरुदेखि अहिलेसम्म रोज्दै आएको छ। सुरुमा त रोग फैलिनका लागि प्रभावकारी रहेपनि दिगो रुपमा प्रभावकारी हुन कठिन हुनुका साथै अर्थतन्त्र पनि ओरालो लगेर जनताका लागि गाँस र बाँसको समस्या देखिएको छ।
अब जीवन ठूलो की अर्थतन्त्र ठूलो भन्ने प्रश्नको कुरै उठ्न गाह्रो छ किनकी जीवन र अर्थतन्त्र दुवै एकअर्कोसँग जोडिएको छ। त्यसैले यी दुई कुराको सन्तुलन गरे मात्र भ्याक्सिन पत्ता नलगाएसम्म कम प्रभावले जनजीवन सहज हुने बताएको छ। यो सन्तुलन हासिल गर्नको लागि जनस्वास्थ्यका विधिहरुको नै प्रमुख भूमिका हुन्छ।
जनास्वाथ्यका विधिहरु कोरोना नियन्त्रणका लागि निम्न अनुसार छन्ः
व्यक्तिगत स्तरमा
-साबुनपानी वा स्यानिटाइजरले पटक-पटक हात धुने
-अरु व्यक्तिसँग कम्तिमा पनि १ मिटरभन्दा बढीको दूरी राख्ने
-घरबाट बाहिर निस्किदा मस्क लगाएर जाने
सामुदायिक स्तरमा
-समुदायमा भीडभाड नगर्ने
-जनस्वास्थ्य वा स्वास्थ्यकर्मी लिइ समुदायमा कति फैलिएको छ, खोज गर्न मद्धत गर्ने
सरकारी स्तरमा
-कन्ट्याक्ट ट्र्याकिङ गर्ने
-टेस्टको पहुँच र दायरा बढाउने
-समुदायको मनोबल बढाउन समय समयमा जनतासँग संचार गर्ने र जनस्वास्थ्यका उपायहरु अपनाउन अनुरोध गर्ने
-अफवाहरुलाई हटाउने र कोरना सम्बन्धी नियम कानुन लागू गर्ने
-जनस्वास्थ्यका उपायहरु निकै नै लागत प्रभावी हुन्छ र देशको स्वास्थ्य सेवा प्रणाली हुने भारलाई कम गर्न मद्धत गर्छ।
जापान, कोरिया, ताइवान्, न्यूजिल्यान्ड्, डेन्मार्क आदिहरुले यो सन्तुलन बनाउन सकेका छन्। नेपाल्, भारतमा करिब ३ देखि ४ महिनासम्म पूर्ण तरिकाले लकडाउन रह्यो, तर माथिका देशमा थोरै समय मात्र गरे। त्यो समयमा टेस्टिङको प्रबन्ध मिलाएर त्यसको दायरा बढाए। आफ्नो जनतासँग सहयोग गर्ने तथा जनता र सरकारले जनस्वास्थ्यका उपायहरु अपनाउँदै विश्व स्वास्थ्य संगठन भनेको जस्तै नयाँ सामान्य विधि अपनाए।
त्यसैकारण यतिबेला जब संसारका धेरै देशहरु दुवै कुरा जस्तै- कोरोनाले ल्याएको मृत्यु र कोरोना प्रभावको अर्थतन्त्रसँग लडिरहेका छन् भने माथिका देशमा अरुभन्दा कम असर परेको छ। त्यही महत्व बुझेर कुनै बेला अति प्रभाव परेका युरोपियन देशमा आजकाल जनता र सरकारले जनस्वास्थ्यका उपयहरुलाई बढी प्राथमिकता दिएकाले युरोपियन देशमा जनजीवन सामान्य हुन थालेको छ।
मास्क बारेमा तथ्यहरु
मास्कले भाइरसलाई मुहानबाट जस्तैः नाक र मुखबाट निस्किन नदिन मद्धत गर्छ (मुहानमा नै सीमित गराउन)। अनुसन्धानकर्मीका अनुसार यदि ८० प्रतिशत मानिसहरुले मास्क लगाए भने कडा खालको लकडाउनभन्दा पनि यसले बढी प्रभावकारी रुपमा कोरोना भाइरस फैलाउन रोक्न सक्ने बताएका छन्। उमो देशहरु जसको नियम र समुदायले मस्क लगाउन सकरात्मक देखिएको छ, त्यो देशहरुमा कोरोनाको कारण मर्नेको संख्या कम देखिएको नीति विश्लेषण गर्दा पाइएको छ।
साबुन पानीले हात धुने
जनस्वास्थ्यमा यो प्रकृयाले धेरै सरुवा रोगहरुको नियन्त्रण गर्न मद्धत गरेको इतिहासमा देखिएको छ। साबुन पानीले हात धुदाँ वा स्यानिटाइर प्रयोग गर्दा हातमा रहेको किटाणुहरु मर्छ र किटाणुलाई शरीर भित्र प्रवेश गर्न दिदैँन। हामी सबैको बानी हुन्छ हातले समय समयमा मुख्, नाक, आँखा छुने। त्यसकारण, हात धुने र स्यानिटाइर प्रयोग गर्नाले किटाणुको चेन अफ ट्रान्स्मिसन रोक्न सकिन्छ र रोग फैलिन नदिन मद्धत गर्छ।
सामजिक दूरीका तथ्यहरु
विश्व स्वास्थ्य संगठन अनुसार सामजिक दूरी भन्नाले अर्को व्यक्तिसँग कम्तिमा पनि ६ फिट/१ मिटरको दूरी रख्ने र भीडभाडबाट टाढा रहने हो। विश्व स्वास्थ्य संगठनका अनुसार एक मिटरभन्दा कमको दूरीमा बस्दा १२५ प्रतिशतले रोगसँग लड्ने सम्भावना बढ्छ भने, कम्तिमा पनि एक मिटर र सोभन्दा बढी दूरी रह्यो भने जम्मा २.६५ प्रतिशतले मात्र बढ्ने सम्भावना हुन्छ भनेको छ।
कन्ट्याक्ट ट्र्याकिङका तथ्यहरु
कुनै पनि संक्रिमत वा शंका लागेका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिलाई ट्र्याकिङ वा पत्ता लगाएर क्वारिन्टनमा राख्ने र उनीहरुलाई टेस्ट गर्ने प्रकृयालाई कन्ट्याक्ट ट्र्याकिङ भनिन्छ। अरु सरुवा रोगहरु जस्तै टिबी, एचआइभी एड्स, इबोला, सार्स आदि रोग नियन्त्रणमा प्रयोग हुँदै आएको छ। यसले चेन अफ ट्रान्समिसन रोक्न मद्धत गर्छ, समयमै रोगकने उपचार गरी रोगले ल्याउने गम्भीरतालाई कम गर्ने सकिन्छ।
कन्ट्याक्ट ट्र्याकिङले बिफर रोग (स्मल पक्स) सन् १८६० विश्वबाट उन्मूलन गराउन यसले ठूलो भूमिका खेलेको थियो। लयान्सेट जरनलमा प्रकाशित एउटा इस्टिमेसन अनुसार कन्ट्याक्ट ट्र्याकिङको थप्दा भाइरसको प्रजनन् संख्या (सामजिक दूरी सहित) १.२ बाट ०.८ सम्म घटाउन सक्ने बताएको छ। मोबाइल एपले ट्र्याकिङको कभरेज जम्मा २० प्रतिशत रहेपनि यसले प्रजनन् संख्या १७ प्रतिशतले घटाउन सकेको छ भने पुराना विधिको ट्र्याकिङका २.५ प्रतिशतले मात्र घटाउन सकेको देखिन्छ।