सधैं सबै मानिस आफ्नो काममा बिजी रहिरहँदा अक्सर मानिसलाई थाहा नै नहुँदो हो, आज के बार? कति गते? सायद यी सबै व्यस्तताले भनौं वा सानो कुराहरूमा त्यति धेरै ध्यान नदिने, याद नराख्ने भएर पनि हो कि?
कुनै काम विशेष यति गते छ भने मानिसहरू त्यस कुराको, त्यस दिनको यति धेरै, यति व्यग्र प्रतिक्षामा हुन्छन्। चाहे त्यो आफ्नो काम नै होस् या अरूको।
कुनै बेला थियो, मानिसहरू शनिबारको यति धेरै पर्खाइमा रहन्थे।
किनकी, हप्ताको सात दिनमध्ये छ दिन सधैं एउटै दैनिकी दोहोराउनु अधिकांशको रहर होइन, बाध्यता थियो। त्यस बीचमा आउने रमाइलो छुट्टीको दिन।
कुनै समयमा लाग्छ मानिसहरूमा शनिबार भन्ने बित्तिकै कति धेरै कौतुहलता, इच्छा, चहान, पर्खाइ, भेटघाटमा व्यस्त रहन्थे।
मनमा रहेका कति धेरै कुराहरू खुला पानाझैं सबै हलुंगो हुन्थे र विस्तारै विस्तारै फेरि पनि विभिन्न दागहरूले सेतो सफा पाना धमिलो हुन पुग्थ्यो। भनौं हाम्रो मन मस्तिष्क पनि।
हामीले कति धेरै व्यक्तिहरूलाई प्रतिक्षामा आश्वासनमा राख्यौं होला। कतिलाई शनिबार भेट्ने भनेर समय दिँदादिँदै पनि ख्याल नै नगरी कति धेरै पर्खाएर राख्यौं होला।
शनिबार साथीहरूसँग यो ठाउँ जाने, ऊ ठाउँ जाने, फोटो खिच्ने, रमाइलो गर्ने, पार्टी गर्ने कति धेरै इच्छा चाहनाहरू है हामीमा?
नुहाउने, कपडा धुने, कोठा सफा गर्ने, फ्रेस हुने, साथीभाइहरू सँगै बसेर गफ गर्ने, केही नयाँ कुराहरूमा रमाउने आदि सबै, सबै शनिबारका हरेक मानिसका हरेक आफ्नो स्तर अनुसारका सोध विचार, भावना, हुने नै भयो। यसलाई त्यति धेरै गम्भीरतापूर्वक डोहोराइ रहन जरुरी पनि त छैन, होइन र?
काठमाडौंको यति धेरै खचाखच ठाउँमा सीमित परिवेशमा रहेर सीमित काम गरेर, सीमित पैसा कमाएर आजको दिनमा आजको जमाना अनुसार आफ्नो मात्र ख्याल गरेर।
न त अरू परिवारको समस्यामै ध्यान दिएर, घरबेटीको तथा नाम गाली भनाइ सुनेर, महिनैपिच्छे पैसा बुझाएर, यथायोग्य खाएर, साथीहरूसँगै उनीहरू जस्तै भएर, डिजाइन-डिजाइनका कपडा बजारमा आउन नपाइ किनेर, मन परेको आफूले किनेर लाएर, आजको दिनरात उज्यालो देखेर भोलि बिहानीको घाम हो कि चन्द्रमा अर्थात् दिन हो कि रात।
भन्न खोजेको, आजको दिनलाई मात्र सबै नसक, भोलि तिम्रा दिनहरू खराब पनि त आउन सक्छन्। वर्तमानलाई मात्र त्यति महत्त्व नदेऊ, भविष्य झन् घमासान हुनेछ।
आजको दिनको सुख देखेर भोलिको दिनमा सपनामा रमाउने बाटो नखन। त्यसकै लागि त कतिलाई लुटेर, कतिलाई थर्काएर, कतिलाई हप्काएर दब्काएर, कतिलाई हातमा लिएर, सेवा सुविधा हासिल गरेर अरूले चढेको गाडी, बसेको घर, खाएको खानामा थुक निल्नेहरू धेरै पाइन्छ। वास्तवमा नियाल्ने हो भने। किनकी, हरेक कुरालाई हर्ने, देख्ने, बुझ्ने, सुन्ने तरिका दृष्टिकोण सबै सबैको फरक फरक हुन्छ।
तर,सबै कुरा नराम्रो पनि होइन, राम्रो पनि होइन। राम्रो पनि भन्न सकिन्न।
कुरा गरौं शनिबार तिरकै। भन्न खोजेको, शनिबार आउने बित्तिकै कतिको मनमा निकै उत्सुकता भरिन्छ भने कतिको मनमा नैराश्यता।
हिजोआजको प्रविधिको विकाससँगै मानिसले भुलेका आफ्नो दैनिकीहरू र विस्तारै आफ्नो अस्तित्व मेटाउन लागि रहेका मुक्त मानवहरू, हरेक आवश्यकता अनुसारको आ-आफ्नै। कुनै पनि कुरा कुनै पनि मान्छेका लागि चाहना हुँदाहुँदै पनि नपाउनु, भन्ने त कुरा नै छैन।
बस्, आवश्यकता पूर्तिका लागि आफूसँग साधन स्रोत हुन जरुरी मात्र हो।
शनिबार भन्दैमा दिनभरि बिना कारण बिना निष्कर्ष बिताउनु पर्छ भन्ने पनि छैन।
किनकी, हामीलाई रमाउन ने पर्ने हो भने पनि त्यसका लागि रमाइलो मुभि हेर्न सकियो,रमाइलो पुस्तकहरू उपन्यास, कथा, कविता लगायतका बजारमा निस्किएका आफूलाई मनपर्ने लेखकका लेखहरू किताबहरू पढ्न सकियो। हरेक मानिसको एक-एउटा चाहना हुन्।
साथीहरूसँगको मित्रता प्रगाढ बनाउन सकियो! प्रियजनहरू भेट्न सकियो।
म त भन्छु कि 'बगेको खोला फर्किंदैन, समय आउँछ पर्खिदैन।' त्यसैले खोलाको काम भनेको आफ्नो बाटो नबिराइ सलल...
आफ्नो गतिमा बग्नु हो। हामीले कुनै पनि कामको लागि समय कुरेर आज यो गर्छु, भोलि यो गर्छु भनेर 'काम साचे आफूलाई, खान साचे अरूलाई' त्यसरी कहिल्यै पनि कुरेर बस्नु हुँदैन।
किनकी, समयको काम निरन्तर चलिरहने हो। उसले आज तिम्रो यो काम गर्नु छ। म तिमीलाई कुरेर बस्छु भनेर कहिल्यै कुरेर बस्दैन। ऊ त गतिशील छ। आफ्नो गतिमा चलिरहन्छ।
त्यसैले हामीले समय कुरेर आज यो गर्छु, भोलि यो गर्छु भनेर सोचेर कहिल्यै पनि अघि बढ्न सकिँदैन। कि त सधैं समयलाई पछ्याएर एक पल पनि खेर जान नदिने गरी हामीले समयको पकडमा रहन सक्नु जरुरी हुन्छ।
त्यसैले, कहिल्यै पनि हामीले हामी सामु आएका अवसर, धारणा, विचार र कामलाई सही सलामत सही समयमा सही ढङ्गले सही दिशानिर्देश अनुसार पूरा गर्न जरुरी हुन्छ।
शनिबार भन्दैमा त्यो जिन्दगीको कुनै अलग्गै पाटो वा बाटो होइन। बस्, व्यस्तताका बाबजुद केही सहजताका लागि प्रदान गरिएको समय हो
कोभिड-१९ अर्थात् कोरोना महामारीले ग्रसित पूरा विश्वमा नै निकै ठूलो हलचल ल्याएको छ।
यसको सामना गर्न विश्व दिनरात खटिरहेको छ। तर, अब पहिलाभन्दा केही तैबिसेक समय आएको हो कि भन्ने भान पनि यत्रतत्र छ।
कोभिड-१९ ले जे जति ठूलो हलचल ल्याए पनि सबै-सबै कुरा विस्तारै यथास्थितिमा पुग्ने कुरामा पूरा विश्व बिस्वस्त रहेको छ।
हिजोआज दिनरात घरमै बसिरहँदा वा अझ भनौं बालबालिकाहरूमा परेको असरको हेरचाह र हेरविचार गर्न जरुरी छ। किनकी, यसले भोलिको दिनमा निकै ठूलो असर पनि पार्न सक्छ। त्यसैले हामीले हिजोको दिनलाई मात्र होइन, भोलिको दिनलाई पनि हेर्न जरुरी हुन्छ।
जीवनमा ठूला ठूला सपना देख्नु मात्र ठूलो मान्छे होइन, जसले त्यस सपनालाई साकार पारेर देखाउछ, ऊ नै सच्चा ठूलो मान्छे हो।
शनिबारको सही र उपयुक्त सदुपयोग गर्नु होला। किनकी, चाहेर पनि भोलि तपाईंको जिन्दगीमा त्यस दिनको आगमन हुने छैन।
यो शनिबार कुनै पनि अस्तव्यस्तताका लागि होइन। यसको सही सलामद सदुपयोग गरेमा हाम्रो, मेरो र तपाईंको जीवनमा पक्कै पनि निकै ठूलो परिवर्तन ल्याउने कुरामा हामी विश्वस्त छौं।