सुन्दा अचम्म लाग्छ तर सत्य हो, नारी शक्ति एक आयाम। जब जब हामीलाई केही ठूलो चिजको आवश्यकता पर्छ, हामी स्त्री शक्तिलाई गुहार्छौं।
जब मानिसलाई धनको आवश्यकता पर्छ उसले लक्ष्मीको साधना गर्छ। जब उसलाई विद्या आर्जन गर्नु हुन्छ, उसले सरस्वतीको पूजा गर्छ। र, जब उसलाई शक्तिको आवश्यकता पर्छ, उसले दुर्गा अथवा कालीको साधना गर्छ।
यो युगौंदेखि चलिआएको एउटा व्यवस्था हो। जुन नारी सदियौंदेखि अपहेलित र दमित र त्रसित छन्, तिनै नारी शक्तिको श्रोत हुन्छन् सुन्दा उदेक लाग्दैन? हरेक प्रहर जब पुरुषलाई शक्तिको आवश्यकता पर्छ ऊ स्त्रीलाई गुर्हाछ।
प्रभु शिवकी शक्ति पनि र्पावती थिइन्। जब व्यक्ति तन्त्र विद्या आर्जन गर्न चाहान्छ तब उसले कालिको साधना गर्छ। उनेक ऋषिमुनी तपस्वीहरुले शक्तिका अनेक रुपका अर्चना गरेका छन्। चाहे ती डाकिनी होउन चाहे ती गंगा होउन चाहे लक्ष्मी, सरस्वती, या स्वयम आदि शक्ति किन नहोउन्।
नारी पुरुषको शक्ति युगैदेखी आफ्नो प्राणलाई संकटमा राखेर सृष्टि गर्नेदेखि लिएर कोही पुरुषको घरकी लक्ष्मी हुँदासम्म शक्तिको एउटा अनुपम र अनुकरणीय उदाहरण प्रस्तुत गछिन्।
अझ इतिहासका विराङ्गनाहरुको कुरा त झन् बेग्लै छ। एउटी आमा भएर जसले सृष्टि गर्छ त्यो पनि नारी हो र जसले लक्ष्मी बनेर मन र्हछ, त्यो पनि नारी। जसले काली दुर्गा बनेर अन्तिम अवस्थाको दर्शन गराउँछ, त्यो पनि नारी।
पाइला पाइलामा पुरुषको सहचरी उस्की हितेशी वा व्यवस्थापक जे भने पनि नारी शक्तिको एउटा श्रोत, एउटा यस्तो वस्तु जसले संसारलाई चलायमान् पार्छ।
पृथ्वीलाई पनि एउटी नारीको रुपमा हेर्न सकिन्छ। हाम्री आमा हामी जननी र सबभन्दा ठूलो शक्तिको श्रोत। उत्पति भएकोमा सबैभन्दा अनुपम वा शक्तिशाली वस्तु अथवा तिलस्मी र अविजयी।