दिनहुँ कोरोना संक्रमित संख्या बढ्दै जाँदा यो देशको लागि स्पष्ट रातो संकेत हो कि आउँदो दिनमा कोरोनाले नेपालको नागरिक स्वास्थ्य र स्वास्थ्य सेवा प्रणालीलाई असर गर्ने छ।
कोरोनासँगको भेट, हाम्रो विगतबाट र वर्तमानमा हाम्रो छिमेकी देशबाट सिकेर सरकार र नागरिक दुवै सचेत हुनुपर्दछ। अहिलेको स्थिति निहालेर हेर्दा, रोग वैज्ञानिक र क्लिनिकल समस्या त छ नै, त्योभन्दा डरलाग्दो हामी कोरोनाको अप्रत्यक्ष प्रभावबाट प्रभावित हुने बढी जोखिममा छौं।
जसमा मुख्यतया स्वास्थ्य सेवा प्रणालीको क्र्यास हुने सम्भावना देखिन्छ। अन्य रोग लागेका बिरामीले उपचारमा कठिनाई भोग्नु पर्नेदेखि लिएर लकडाउन जस्तो प्रणालीले समाजमा आत्महत्याको दर, अपराध दरहरु बढ्ने, मानसिक स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने खत्रा निम्त्याउने कुरा हाम्रो पहिलो कोभिडको भेटबाट प्राप्त डाटाहरुले जनाउँछ।
यहाँ भाइरसको बारेमा धेरै भ्रामक हेडलाइन्सहरू पनि छन् जसमध्ये केहीले नयाँ भेरियन्टलाई बढी विषाक्तको रूपमा दाबी गरीरहेका छन् जुन अहिलेसम्म सत्य छैन। किनकि अहिले कम वैज्ञानिक डाटा छन् र केही पनि स्पष्ट रूपमा प्रमाणित भएको छैन।
भारतमा भेरियन्ट बी.१.६१७ जसमा ई४८४क्यू र एल४५२आर गरी दुई उत्परिवर्तन फेला परेको छ र हामी लगभग पक्का हुन सक्छौं कि नेपालमा पनि सोही प्रकारको भेरियन्ट आएको हुनसक्छ। किनकि मानिसहरू दैनिक धेरै संख्यामा सीमाबाट प्रवेश गरिरहेका छन् जुन एक वर्ष अघि नेपालमा बढ्दो संक्रमणको पहिलो कारण थियो।
उही कुरा अब फेरि दोहोरिएको हुँदा आउने दिन नेपालमा कोरोना संक्रमण बढ्ने देखिन्छ जस्को लागि सरकार, स्वास्थकर्मीहरु तयार अवस्थामा रहनुपर्ने देखिन्छ। भारतबाट प्राप्त भएको डाटा भन्छ कि यो बी.१.६१७ बाट धेरैजसो बिरामी एसिम्प्टोमेटिक हुन्छन् र त्याँहा स्वास्थ्य पूर्वाधारमा अहिले बोझको कारण त्यसको विषाणु (भाइरुलेन्स) नभई संख्या बढ्नु हो।
लन्डनमा देखा परेको भाइरुलेन्ट बी.१.१.७ छ, जुन केवल एक उत्परिवर्तन ई४८४के मात्र छ, विश्व चर्चित मेडिकल जर्नल ल्यान्सेट अनुसार यो पहिलेको स्ट्रेनभन्दा बढी विषाक्त छैन तर संक्रमण हुने दर भने बढेको छ, छिटो सर्ने रुप लिएको छ।
त्यसकारण यो स्पष्ट छ कि हामीले मानिसहरूलाई सचेत गराउनु पर्दछ, डर फैलाउनु हुँदैन किनकि यसले व्यक्तिहरूको स्वास्थ्यमा गम्भीर प्रभाव पार्छ।
खोपहरूको बारेमा कुरा गर्दै जाँदा, हामीले विश्वभरको डाटाबाट हर्न सक्छौँ, खोपले भाइरसबाट संक्रमण पूर्ण बचाउने त होइन तर गम्भीर रोगको अवस्थाबाट रोक्नको लागि प्रभावकारी फेला परेको छ जुन सकारात्मक बिन्दु हो। खोप लगाउन केही गलत छैन र लगाइसकेपछि पनि सबै सुरक्षित भएर बस्नु आवश्यक देखिन्छ।
हामीलाई १००% थाहा छैन कि नेपालमा बढ्दो केस भारतमा जस्तै दोहोरो उत्परिवर्तनको (मिउटेशन) को कारण हो वा हामीलाई अर्को कडा जटिल वा उच्च भाइरुलेन्ट भाइरसले आक्रमण गरेको छ या सोही भारसमा संक्रमण शक्ति बढेर अहिलेको अवस्था सिर्जना भएको हो।
युवाहरूमाझ भएको बढ्दो संक्रमण तीव्र वृद्धि नयाँ भाइरुलेन्सको कारण हुन सक्छ। हामीलाई थाहा छ कि पुरानो कोभिड भाइरस ईस्ट्रेनले वृद्ध व्यक्तिहरूलाई असर गरेको पाइएको थियो।
अहिले खोप वृद्धको तुलनामा युवाहरुले कम लगाएका कारणले पनि उनीहरुमा संक्रमण बढी भएको हुन सक्छ, हामीसँग उचित डाटा छैन र हामी आधा जानकारीको आधारमा भाइरसलाई अपग्रेड वा डिग्रेड गर्न सक्दैनौं। आउने दिनहरुमा हुने रिसर्चले थप जानकारी अवश्य दिनेछ जसले हामीलाई कोभिड विरुद्धको यो लडाइँमा साथ दिने छ।
यो डर र यसबाट ज्वरो आएर भर्ना हुन अस्पताल पुग्ने समय होइन, कमजोर बन्नु हुँदैन र यो त बलियो र बाठो हुने समय हो।
रोकथाम उपाय लागू गर्ने, सामूहिक जमघट सामिल नहुने, मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, स्यनिटाइजरको प्रयोग गर्ने, उचित आहारको साथ शरीर प्रतिरक्षा प्रणालीको ख्याल राखि हामी कोभिडको जोखिमबाट बच्न सक्छौँ, यो लडाइँ जित्न सक्छौँ।
सरकारले पनि लकडाउनमा मात्र केन्द्रीत नभई रोकथामको प्रभावको सम्बन्धमा समग्र दृष्टिकोणमा प्रभावकारी कदम चाल्नु पर्ने आवश्यता छ र त्यसमा हरेक नागिरकको पनि भूमिका उत्तिकै रहन जान्छ।