विश्वभरिमा जस्तै नेपालमा पनि हजारौं स्वास्थ्यकर्मी अहिले कोभिड महामारीमा दिनरात नभनी सेवा गरिराखेका छन्। संक्रमितको व्यवस्थापनदेखि आफ्नो जिम्मेवारीभन्दा बाहिरका काममा पनि संलग्न हुने र प्राथमिकताको आधारमा संक्रमितको हेरचाहमा अप्ठ्यारा निर्णय लिनुपर्ने भूमिकामा स्वास्थ्यकर्मी छन्। धेरै जनाले आफ्नो ज्यान जोखिममा राखेर काम गर्नुपर्ने स्थिति छ।
स्वास्थ्यकर्मीको भूमिका प्रभावकारी आपतकालीन महामारी प्रतिक्रियाको लागि निकै महत्वपूर्ण हुँदा उनीहरूलाई महामारीको समयमा बिरामीको हेरचाह गरिराख्दा आफ्ना अधिकारहरू र जिम्मेवारीहरू बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। त्यस्तै, स्वास्थ्य सेवा रोजगारदाता र सरकारले पनि स्वास्थ्यकर्मीप्रति उनीहरूको अधिकारप्रति सचेत हुँदै जिम्मेवारी बहन गर्नुपर्ने आवश्यकता देखिन्छ।
तथ्यांकले के भन्छ?
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार, स्वास्थ्यकर्मीले ठूला बहुसंख्यक मुलुकमा ३ प्रतिशतभन्दा कम जनसंख्या र लगभग सबै कम र मध्यम आय भएका देशमा २ प्रतिशतभन्दा कम प्रतिनिधित्व गर्छन्। कोभिड केसमा पनि करिब १४ प्रतिशत स्वास्थ्यकर्मी हुन्। केही देशमा त यो अनुपात ३५ प्रतिशतसम्म उच्च रहेको देखिन्छ।
सूचनाको अभावले गर्दा स्वास्थ्यकर्मीहरू कुन सेटिंग्समा बढी संक्रमित भए भन्ने कुरा निर्क्योल गर्न सक्ने स्थिति छैन। कोभिड संक्रमित हजारौं स्वास्थ्यकर्मीले विश्वव्यापी रूपमा आफ्नो जीवन गुमाएका छन्।
लामो समयसम्म उच्च मागको सेटिंग्समा पर्छ। रोगको जोखिमको डरमा जीवित रहँदै र परिवारबाट अलग भएर कार्य गर्नुपर्ने हुँदा शारीरिक जोखिमबाहेक, महामारीले स्वास्थ्यकर्मीलाई असाधारणस्तरमा मानसिक तनावको अत्यधिक स्तरमा राखेको छ। स्वास्थ्यकर्मीको समीक्षाले पनि चारमध्ये एक जनालाई डिप्रेसन र मानसिक चिन्ता देखा परेको र तीन मध्ये एक जनाले अनिद्राको सामना गर्नुपरेको देखाएको छ।
विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीमा मौखिक उत्पीडन, भेदभाव र शारीरिक हिंसाका रिपोर्टमा डरलाग्दो वृद्धिलाई प्रकाश पारेको छ।
सरकार र स्वास्थ्य सेवा प्रदायकको जिम्मेवारी
यसैक्रममा विश्व स्वास्थ्य संगठनले बिरामीलाई सुरक्षित राख्न स्वास्थ्यकर्मीलाई सुरक्षित राख्नुहोस् भन्ने भनाईका साथ समाचार सम्प्रेषण गरेको थियो जसअन्तर्गत स्वास्थ्यकर्मीले महामारीको बेलामा भोग्नुपर्ने शारीरिक र मानसिक तनावलाई ब्यवस्थापन गर्न सरकार र स्वास्थ्य सेवा प्रदायकले निम्न कुरामा ध्यान दिनुपर्ने कुराहरु अगाडि सारेको छः
- १. स्वास्थ्यकर्मीको सुरक्षा र बिरामी सुरक्षा नीति र रणनीतिबीच समन्वय स्थापना गर्ने
व्यावसायिक स्वास्थ्य र सुरक्षा, बिरामी सुरक्षा, गुणस्तर सुधार, र संक्रमण रोकथाम र नियन्त्रण कार्यक्रमबीचको समन्वय विकास गर्नुपर्छ र साथै व्यक्तिगत र बिरामीको सुरक्षामा स्वास्थ्य र सुरक्षा सीपहरू सबै तहमा स्वास्थ्यकर्मीको लागि शिक्षा र प्रशीक्षण कार्यक्रममा समावेश गर्नुपर्छ।
- २. स्वास्थ्यकर्मीको स्वास्थ्य र सुरक्षाको लागि राष्ट्रिय कार्यक्रमको विकास र कार्यान्वयन गर्ने
राष्ट्रिय व्यावसायिक स्वास्थ्य र सुरक्षा नीति अनुरूप स्वास्थ्यकर्मीको लागि व्यावसायिक स्वास्थ्यको लागि राष्ट्रिय कार्यक्रमको विकास र कार्यान्वयन गर्दै व्यावसायिक स्वास्थ्य र सुरक्षामा मानक, निर्देशिका र अभ्यास कोडको विकास र कार्यन्वयन गर्नुपर्छ।
- ३.स्वास्थ्यकर्मीलाई कार्यस्थलमा हिंसाबाट सुरक्षा प्रत्याभूत गर्ने
स्वास्थ्य क्षेत्रमा हिंसा रोक्न र उन्मूलन गर्न राष्ट्रिय कानून, सान्दर्भिक नीति र संयन्त्र अपनाउनु पर्छ र स्वास्थ्यकर्मीबिरूद्ध हिंसाप्रति शून्य सहिष्णुताको संस्कृति पलागु गर्नुपर्छ। हिंसाको सामना गर्ने कुनै पनि स्वास्थ्यकर्मीलाई निःशुल्क र गोप्य रिपोर्टिङ गर्न र समर्थन गर्न प्रशासनिक संयन्त्र, ओम्बडस्म्यान र हेल्पलाइनहरू स्थापना गरिनुपर्छ।
- ४.मानसिक स्वास्थ्य र मनोवैज्ञानिक स्थितिमा सुधार गर्ने
काम गर्ने घण्टा, विश्राम ब्रेक र स्वास्थ्यकर्मीमा प्रशासनिक भार कम गर्न उपयुक्त र निष्पक्ष अवधि सुनिश्चित गर्न नीतिहरू स्थापना गर्नुपर्छ जस अन्तर्गत खुला सञ्चार मार्फत ‘दोषमुक्त’ काम गर्ने संस्कृति स्थापना गर्नुपर्छ। कार्य सम्बन्धित जोखिमको लागि बीमा कभरेज प्रदान गरिनुपर्छ र विशेष गरी जोखिम अधिक भएका क्षेत्रहरूमा उपयुक्त सुरक्षित स्टाफिङ स्तरहरू परिभाषित गर्दै सुरक्षा कायम राख्नुपर्दछ। मनोवैज्ञानिक परामर्श पनि प्रदान गरिनुपर्छ।
- ५.स्वास्थ्यकर्मीलाई शारीरिक र जैविक जोखिमबाट सुरक्षा गर्ने
भूमिका र कार्यसँग सान्दर्भिक, पर्याप्त मात्रामा र उपयुक्त फिटमा र स्वीकार्य गुणस्तरको रूपमा, व्यक्तिगत सुरक्षा उपकरणहरू (पीपीई) को उपलब्धता सुनिश्चित गरिनुका साथै पीपीईको बफर स्टा‘क सुनिश्चित गर्नुहोस्। पीपीईको उचित प्रयोग र सुरक्षा सावधानीको लागि पर्याप्त प्रशिक्षण सुनिश्चित गर्दै पर्याप्त आवश्यक सेवाहरू जस्तै पानी, सरसफाई र स्वच्छता, कीटाणुशोधन र सबै स्वास्थ्यसेवा सुविधामा पर्याप्त भेन्टिलेसन सुनिश्चित गरिनुपर्छ।
हेपाटाइटिस बी र मौसमी इन्फ्लुएन्जासहित राष्ट्रिय खोप नीति अनुसार र आपतकालिन प्रतिक्रियाको सन्दर्भमा स्वास्थ्यकर्मीको लागि नयाँ लाइसेन्स पाएको र उपलब्ध खोपको प्राथमिकतामा पहुँचका लागि हेपाटाइटिस बी र मौसमी इन्फ्लूएन्जासहित सबै खोपबाट बचाउन सकिने संक्रमणको खतरामा सबै स्वास्थ्यकर्मीको खोप सुनिश्चित गरिनुपर्छ।
तसर्थ, सरकार र स्वास्थ्य सेवा रोजगारदाताले स्वास्थ्यकर्मीप्रतिको आफ्नो कर्तव्य र दायित्वप्रति सचेत हुन जरूरी देखिन्छ। उनीहरूसँग स्वास्थ्यकर्मीलाई सुरक्षित काम गर्ने वातावरण सुनिश्चित गर्ने प्रमुख उत्तरदायित्व हुन्छ जसअन्तर्गत स्वास्थ्यकर्मीका लागि उचित सुरक्षा सावधानी अपनाउनुपर्ने कुरा समावेश गर्छ।
स्वास्थ्यकर्मीप्रतिको सरकारको दायित्व पिपिई र खोप दिँदैमा सकिँदैन उनीहरूको समग्र सुरक्षाको जिम्मेवारीपनि रोजगारदाता र सरकारले लिनुपर्ने हुन्छ जहाँ स्वास्थ्यकर्मी निर्धक्क रुपमा आफ्नो कर्तब्य निर्बाह गर्न सकुन र आवश्यकता अनुसारका आफ्ना गुनासो र अफ्ठ्यारा निर्बाध रुपमा राख्न सकुन्। सर्वसाधारण जनता जस्तै स्वास्थ्यकर्मीको अधिकार सुनिश्चित गर्ने दायित्व सरकारले लिनुपर्छ र अधिकारको हनन् भएको ठाउँमा आवश्यक निरीक्षण गरी कारबाही गर्न पछाडि हट्न हुँदैन।
(पौडेल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रशीक्षण तथा अनुसन्धान अधिकृत हुन्)