जब जब मानिसलाई कुनै अप्ठ्यारो अनुभूति हुन्छ, तब प्रकृतिसँग नजिकिन्छ। भूकम्पको बेला गगनचुम्बी घरहरुभन्दा धुलाम्य अनि बेवारिसे छोडिएका खुला ठाउँ जति प्यारो हुन्छन् त्यस्तै जेठमासको गर्मी याममा हरियालीसँगको सामीप्यता।
तर प्राकृतिक भू-बनोट मासेर विस्तार वा विकास गरिएका सहर तिर हरियालीसँगको सामीप्यता प्रायः सबैले महशुस गर्दा हुन्।
मध्य वैशाखपछि देशका सबैजसो भूभागमा गर्मी बढेको आभास भैरहेको छ। उदाउँदै गरेका सहरहरुमा विश्वव्यापी कोरोना महामारी फैलिनुभन्दा अघिल्लो वर्षहरुमा यो समय विभिन्न ठाउँका रुखमुनिका छहारीहरुमा होस् या तालतलैयाका छेउछाउ र पार्कहरुका वरिपरि, साना-ठूला जमघट देखिरहन्थे।
घना बस्तीहरु बीच अफसोच! विगतको जस्तो माथि उल्लेखित ठाउँ वरपर जमघट गर्न समय अनुकूल त छँदै छैन। कामना यो छ कि प्राकृतिक संरचनाहरू ध्वस्त पारी निर्माण गरिने अव्यवस्थित सहरले प्राकृतिक सम्पदामाथि भैरहेको देशभित्रकै अर्को महामारीले कथित ती कंक्रिटका कृत्रिम प्रतिमाहरुले विस्थापित नगरिउन्।
विविध सेवा र सुविधा उपलब्धताका कारण मानिसहरू सहरमा बसाइँसराई गर्ने गर्दछन्। सहरमा ठूल्ठूला निर्माण गर्नकै लागि त्यहाँको प्राकृतिक भू-बनोट मासेर नयाँ संरचनाहरू विकास गर्ने गरिन्छ।
प्रकृतिसँगको मानव प्रजातिको जन्मजात (इभोलुसनरी इन्स्टिंट) नाताले सहरी क्षेत्रमा प्राकृति स्रोतहरुको आवश्यक्ता महशुस हुँदा १५० वर्ष अघि हरित पूर्वाधार बारे परिकल्पना भै प्रचलनमा ल्याइएको पाइएको छ।
कृतिम जलासय, सहरी वन र पार्क अन्य यस्तै संरचनाहरू जस्ले समुदायको निरन्तर वृद्धि र विकासका निम्ति विशेष सुविधा प्रदान गरी मानिसको जीवन गुणस्तरीय बनाउन मद्धत गर्दछन, त्यस्ता स्रोतहरुलाई हरित पूर्वाधार मानिन्छ।
पार्कहरुका साथै अन्य खुला हरित ठाउँ मानव समुदायको फाइदाका निम्ति साथै प्राकृतिक क्षेत्र र जैविक विविधता संरक्षण गर्दै प्राकृतिक बासस्थान विभाजित हुनबाट रोक्नु हरित पूर्वधारका उदेश्य थिए।
प्रकृति र मानिसबीचको सम्बन्ध अनुयास्रीत छ। मान्छेको भौतिक सुविधासम्पन्न सहरमा समेत प्रकृतिसँगको सामीप्यताको अभाव मेट्न जसरी हरित पूर्वाधार आवश्यता महशुस गरे।
त्यसैले सहरहरुमा व्यवस्थित हरित संरचनाहरू र ग्रामीण बस्तीहरुमा प्रकृतिसँग मान्छेको सह-असित्व स्वीकार हुने गरी सन्तुलित विकास गर्नु २१औं शताब्दीको आवश्यता हो।
हरित पूर्वाधारहरुको प्रत्यक्ष र अप्रत्यक्ष गरी अनुपम फाइदा छन्। कृतिम जलाशयमा वर्षा यामको पानी जमिनमुनि भण्डार भई सम्भावित डुबान र बाढीपहिरो जस्ता विपदबाट बच्न मद्धत गर्ने गर्दछ्न्।
वर्षातको समयमा जमिनमुनि भण्डार भएको पानीले हिउँदमा पानीको संकट टार्ने गर्दछ साथै सतहमुनिको पानी तुलनात्मक हिसाबले सफा पनि हुन्छ।
सहरी वनले स-साना स्तनधारी जीव, चराचुरुंगी, कीरा आदिलाई आश्रय र बासस्थान प्रदान गरी जैविक विविधता संरक्षणका लागि सहयोग गर्ने गरिएको पाइन्छ। पार्कहरुको मनोरम दृश्यले सबैलाई आनन्दताको अनुभूति गराइरहेको हुन्छन्।
हरित संरचनाहरुले तिनीहरूको छहारी र पातबाट पानी फाल्ने (ट्रान्स्पिरेशन) प्रक्रियाको शितलताले सहरको बढ्दो तापक्रमलाई न्यूनीकरण गर्ने गर्दछन। हरित पूर्वाधारले पछिल्लो पुस्ताहरुमा देखिरहेको निकै जटिल मानसिक स्वास्थ समस्या न्यूनीकरण गर्न सहयोग गर्नुका साथै विद्युतिय उपकरण प्रतिको लत कम गराउँदछ।
सहरी वन, कृतिम जलासय र पार्कहरु पर्यटन थलोका रुपमा स्थापित भई स्थानीयहरुको जीविकापार्जनमा मद्धत पुर्याइरहेका छन्।
हरियालीको सामीप्यले आनन्द र मानसिक शान्ति दिनुका साथै मानसिकतामा समेत सकारात्मक प्रभाव पार्ने गर्द्छन। विभिन्न किसिमका प्रदुषण न्यूनीकरण गर्नुका साथै कार्बन सोसेर जमिनमुनि भण्डारण गर्न हरित संरचनाहरूको अहम् भूमिका हुन्छ।
हरित पूर्वाधार अन्य पूर्वाधारभन्दा भिन्नै छ। दूरदर्शिता योजना बिना यस्ता हरित पूर्वाधारका क्षेत्रमा गरिने लगानिले प्रतिफल नदिन सक्छ। नेपालभर ७५३ स्थानीय तह, ७ प्रदेश र १ संघीय सरकार गरी ७६१ सरकार छन्। देशले विकेन्द्रित शासन प्रणाली अवलम्बन गरेयता विभिन्न ठाउँहरु नयाँ सहरका रुपमा स्थापित हुँदै छन्।
सबैखाले सरकारको प्राथमिकता पूर्वाधार केन्द्रित (ढल निकास, बाटो, खानेपानी इत्यादि) भएपनि हरित पूर्वाधार जस्तो अति संवेदनशील विषयमा बेवास्ता गरे मानव बस्तीका लागि त्यस्ता सहर अयोग्य हुनेछन्।
हरित संरचनाहरू नयाँ स्थापना गर्न अति खर्चिलो र धेरै समय लाग्ने हुँदा कुनै नयाँ ठाउँमा सहर बसाउनु पूर्व दिगो वैज्ञानिक हरित पूर्वाधार व्यवस्थापनमा सरोकारवालाहरुको ध्यान जाओस्।
आवश्यक्ता र औचित्यका आधारमा देशको धरातलमा टेकी विकास गरिनुपर्ने राजनीतिक विचार समेत विदेशबाट आयात गर्ने यहाँका बुज्रुक वर्गलाई सफल अनि किफायती विश्व स्तरको विकास मोडेल अनुशरण गर्न हिचकिचावट, आखिर कहिलेसम्म?