अपांगता भन्नाले कुनै घटना वा जन्मदेखि नै शारीरिक, मानसिक, बौद्धिक, इन्द्रिय सम्बन्धी वा कार्यगत सम्बन्धी सामान्य व्यक्ति सरह सहभागी भई काम गर्दा बाधा उत्पन्न हुनु हो।
जनस्वास्थ्यको अर्थ भनेको कुनै रोग लाग्न वा घटना हुनबाट बचाउनु, स्वास्थ्यको विकास गर्ने र जीवनलाई लामो समयसम्म सुरक्षा गर्ने भन्ने बुझिन्छ।
अहिलेको आधुनिक युगमा विकासको साथसाथै विनाश लनि निम्तिएको छ। जनस्वास्थ्यमा यति ध्यानाकर्षण गर्दागर्दै पनि अपांगताले जनस्वास्थ्यलाई निकै चुनौती दिएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरि लगभग एक बिलियन जनसंख्या कुनै न कुनै अपांगता भएर बाच्नु परेको छ। अपांगता संख्या दिन दुईगुना रात चौगुनाको दरले बढिरहेको छ। समाजमा अपांगतालाई हेर्ने दृष्टि पनि तुलनात्मक रहेको छ।
अपांगतालाई सम्मान नगर्ने, हेय भावले यसले केही गर्न सक्दैन वा सक्दिन भनेर तिनीहरुको क्षमतामा खोट लाउने जस्ता क्रियाकलापले मानसिक स्वास्थ्यमा प्रभाव परी कति अपांगता व्यक्तिले आत्महत्या गरेका छन्।
मानसिक स्वास्थ्य समस्याले पनि दिनप्रतिदिन विकराल रुप लिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सात लाखभन्दा बढी मानिस एक वर्षमा आत्महत्या गर्छन्। यही कुरालाई न्यूनिकरण गर्न विभिन्न रणनीति अपनाई अपांगता भएका व्यक्तिलाई परामर्श दिएर मद्दत गरिरहेका छन्।
हाम्रो देश नेपाल भौगोलिक विविधता भएको देश, यहाँ ठाउँठाउँमा गगनचुली पहाड र हिमालले गर्दा स्वास्थ्य सेवा सबै ठाउँमा पुग्न सकेको छैन। अपांगता के-कति छन् भनेर अनुसन्धान गर्न पनि यस क्षेत्रले निकै ठूलो भूमिका खेलिरहेको छ।
ज्ञानको कमीका कारण अपांगता भएका व्यक्तिलाई बाटोमा हिँड्न नसक्ने अवस्था सिर्जना भएको छ। स्कुलमा सबैले अपांगता भएका विधार्थीलाई गाली गर्ने, होच्चाउने, भेदभाव गर्ने जस्ता समस्याहरुलाई समाधान गर्न पनि जनस्वास्थ्यले निकै योगदान दिएको छ।
जन्मदेखि हुने अपांगता जस्तैः डाउनसिन्ड्रोम, फोलिक एसिडको कमीले गर्दा भ्रुणमा कन्जेनेटल एबनर्मलाटिज, न्युरल ट्युब डिफेक्ट्स र आइरनको कमीले गर्दा एनेमिया पेरिफेरल न्युरोप्याथी जस्ता समस्या देखा पर्छ।
जनस्वास्थ्यले यसको महत्व बुझाई जनचेतना फैलाएर वा चेकअप गर्न भत्ता दिएर प्रोत्साहन गर्ने वा भविष्यमा जन्मने अपांगता वा असामान्य बच्चाको उपचार वा गर्भपतन सम्बन्धी परामर्श दिन्छ।
अहिले कोभिडको समयमा अपांगता भएका व्यक्तिलाई र्ददनाक अवस्थामा पुर्याएको छ।
यसले अपांगतालाईे ध्यानमा राखी सरल जीविकोपार्जन गर्न सिकाउने, अधिकार उपभोग गर्न पाउने, सबै मानिसहरुलाई सचेत गराएर अपांग भेदभाव विरुद्दको आवाज ऊठाउन मद्दत गर्ने गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा, अपांगको संरक्षण गर्ने अधिकार, संस्था खोल्न काम गर्न पाउने अधिकार,सामाजिक सुरक्षा भता दिई अपांगता भएका व्यक्तिको मनोबल बढाउने, स्वास्थ्य बिमाको महत्व बुझाउने, यातायातको सुविधा दिने अपांग मैत्री वातावरण, निशुल्क स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्ने गर्छ।
जनस्वास्थ्यले अपांगताको अवस्था कस्तो छ भनेर मूल्यांकन, नीति नियमको विकास, सस्तो, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको निार्धारण पक्का गरी उनीहरुको स्वास्थ्यमा परिवर्तन ल्याउने गरेको छ।
जनस्वास्थ्यले विभिन्न अपांगता सम्बन्धी कार्यक्रम जस्तै ह्विलचियर, आर्टिफिसियल खुट्टा र हात प्रदान गर्ने, अपांगता भएका व्यक्तिको स्वास्थ्य अवस्था जाच्ने, अस्पताल अपांगमैत्री बनाउने, उनीहरुको लागि छुट्टै बजेट निर्धारण गर्ने र अपांगप्रतिको धारणा परिवर्तन गर्ने तथा अपांगताको स्वास्थ्य विकासमा जनस्वास्थ्य क्षेत्रको निकै महत्वपूर्ण भूमिका रहेको छ।