२१औँ शताब्दीको उदयीमान सूचना र सञ्चार विकासलाई विश्व व्यापारले रोक्न सकेन। र, सकिँदैन थियो पनि। किनकि यो एक सूचना कान्ती थियो र रही नै रहेको छ। यसमा पनि चुनौती र सम्भावनाहरु थिए।
आज सूचना र सञ्चार विश्व अर्थतन्त्रको एक अभिन्न अंग नै बन्न पुगेको छ। पुनः विश्वमा नयाँ सम्भावना र चुनौतीपूर्ण विज्ञान क्रान्ति पनि सुरु भइसकेको छ। त्यो हो, जैविक प्रविधि।
त्यसैले विश्वका ठूला व्यापारिक समूहहरु जैविक प्रविधि उद्योगमा लगानी विस्तार गरीरहेका छन्। यतिसम्म कि कम्युटर र सूचना र सञ्चारको आडमा विश्वमा धनी बन्ने सफल अमेरिकी नागरिक बिल गेट्सले कम्युटर र सुञ्चारपछि अर्को यो क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका थिए।
नेपालमा पनि सरकारी स्तरमा नेपाल कृषि अनुसन्धान परिषदको स्थापना भएपश्चात कृषि जैविक प्रविधि क्षेत्रमा केही मात्रामा कामहरु भएको देखिन्छ तर जुन गतिमा हुनु पर्ने हो, त्यो हुन सकेको छैन।
पछि विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापनासँगै यो क्षेत्रमा थप कामहरु भइरहेको पाइन्छ। तर अनुसन्धानका नयाँ उपलब्धिका बारेमा जानकारी र प्रचार प्रसारको कमिले गर्दा स्थानीय र ग्रामीण स्तरसम्म यसको उपलब्धिलाई पुर्याउन सकिएको छैन।
९० को दशकमा नेपाल खाद्य निर्यातको अवस्थामा रहे पनि पछि खेती योग्य जमिनको कमि, कृषि प्रणालीमा आधुनिकीकरण नहुनु, हावा-पानी सुहाउँदो दिगो प्रणालीको अनुसन्धान नहुनु, जनसंख्याको वृद्धि हुनु जस्ता करणले हाम्रो निर्यातमुखी बन्दै गएको कृषि विस्तारै आयातमुखी बन्दै गयो।
विश्व जलवायु परिवर्तनले विश्वमा नै सवा दुई अर्ब मानिसहरु विश्वव्यापी खाद्य संकटको चपेटामा परेका छन्। साथै अर्बौं मानिसहरु नयाँ-नयाँ रोगका महामारीमा परिरहेका छ। यसबाट नेपाल पनि अछुतो छैन। तराईमा उन्मुलन भएको औँलो, हात्तिपाइले, जापानीज इन्सेप्लाइटिस रोगहरु पुनः महामारीको रुपमा देखापरिरहेका छन्। यसरी वर्षेनी नेपालको खाद्य र स्वास्थ्य संकटमा परिरहेको छ।
नवीनतम जैविक उद्योगका सम्भावना नेपाली हावापानी, भौगोलिक र उपलब्ध जैविकीय स्रोत साधनले गर्दा पनि यहाँ ठूलो सम्भावना रहेको पाइन्छ। मात्र पहिचान र उचित लगानीको खाँचो छ।
हाम्रो कृषि प्रणाली अहिले पनि मनगन्ते र परम्परागत नै छ भन्दा अतिशयोक्ति नहोला। विश्व कृषि हरित क्रान्ती हामीले न समुचित उपयोग नै गर्न सक्यो न त औधोगिकरण तिरै अगाडि बढन सक्यौँ। मात्र हरित क्रान्तीको नाममा लाखौँ लाख टन रसायनिक मल र विषादी अनुदान हो भन्दै लियौँ र नियन्त्रित प्रयोग र उचित प्रविधिको अभावमा हाम्रो उर्बर भूमिको उर्बराशक्तिलाई कायम राख्न सकनौँ।अन्ततः हामी खाद्य संकटको चपेटामा पुग्यौँ।
विकसित देशहरुले हरित क्रान्तीबाट हुने जोखिमबाट बच्न वैकल्पिक उपायको रुपमा जैविक प्रविधिलाई लिएको छ। हामी भने अलि पछि नै छौँ। अब नेपालको कृषि प्रणालीलाई दिगो बनाउन यसमा काम गर्नु पर्छ नत्र हामी एक दशकपछि पर्ने नै छौँ। यसरी नेपालमा कृषि जैविक प्रविधि जन्य उद्योगको ठूलो सम्भवना रहेको पाइन्छ।
सूक्ष्म जिवाणुमा आधारित जैविक मल तथा जैविक विषादीको उद्योग, सूक्ष्म जिवाणुमै आधारित बालीनालीलाई अत्यावश्यक खाद्य तत्व उत्पादन गर्ने इन्जायम उत्पादन गर्ने साथै वनस्पतीजन्य मल र विषादी उद्योगहरुको ठूलो सम्भावना रहेको पाइन्छ।
कृषिमा आधारित जैविक उद्योगहरु नेपालको तराई र मध्य तराईको भू-भागमा मेवाको व्यवसायिक खेति गरेर। मेवामा पाइने पपइन नामक जैविक तत्वको प्रिथकिकरण गर्न सकिन्छ। विश्वमा यसको ठूलो माग रहेको छ। पाचक परिपूरकको रुपमा प्रयोग गर्ने गरिन्छ।
यसबाट विदेशी मुद्रा भित्राउन सकिन्छ। साथै स्वदेशमै पनि रोजगारी सृजना गर्न सकिन्छ। अनि मध्य पहाडको चिसो हावापानीमा माछा पालन गरेर यसमा पाइने प्रोटिन ओमेगा-३ र ओमेगा-६ लाई प्रिथकिकरण गरेर पनि ठूलो मुद्रा आर्जन गर्न सकिन्छ। यी उद्योगहरु मध्यम लगानीबाट पनि सुरु गर्न सकिन्छ।
साथै हिमाली उच्च चिसो हावापानीमा पाइने लौठ सल्लामा पाइने ट्याक्सोललाई प्रिथकिकरण गरेर पनि बाह्य मुद्रा आर्जन गर्न सकिन्छ। वर्तमान अवस्थामा नेपालबाट अप्रशोधित रुपमा भारत निकासी गर्ने गरिन्छ। यसबाट अबुर्द रोगको महंगो औषधि बनाइन्छ। यसको माग विश्वभरि नै रहेको छ।
तत्तु प्रजननमा आधारित जैविक उद्योगहरु नेपालमा रहेको वनस्पति जन्य विविधतालाई उपयोग गरेर पनि नयाँ सम्भावनायुक्त उद्योगहरु स्थापना गर्न सकिन्छ। हिमाली भेगमा पाइने बहुमूल्य जडिबुटीहरुको तन्तू विभाजन प्रविधिबाट प्रजनन गर्ने व्यापारिक प्रयोगशालाको स्थापना गर्न सकिन्छ।
जसबाट छोटो समयमै पनि बिरुवाहरुको गुणातत्मक वृद्धि गर्न सकिन्छ। र, व्यवसायिक उत्पादन गर्न सकिन्छ। यही प्रविधिको उपयोग गरेर विश्वमै अत्याधिक माग रहेको ग्यानोडर्मा र सिताके च्याउको व्यवसायिक उत्पादन गर्ने उद्योगहरुको पनि प्रचुर सम्भावना रहेको देखिन्छ।
कृषि बाली अनुसन्धान र बिउ उत्पादन अहिलेसम्म पनि नेपाल दिगो बाली र हावापानीसँग अनुकूलित बिउहरुको उन्मोचन गर्न सकिएको छैन। यस सरकारी निकाय पनि त्यति लागि परेको देखिँदैन। बरु केही मात्रामा निजी र गैरसरकारी संस्थाहरुले काम गरेको पाइन्छ। त्यसैले निजी सरकारी साझेदारीमा आधारित अनुसन्धानात्मक बिउ बिजन कम्पनीको पनि ठूलो सम्भावना रहेको पाइन्छ।
किनकि नेपालमा विश्वमै अति दुर्लभ प्रकृतिको वातावरणीय जैविकीय प्रणाली पाइन्छ। जस्तो तराईको ६० मिटरदेखि चार हजार पाच सय मिटरसम्म अनुकूलित कृषि बालीहरुको खेती तथा अनुसन्धान गर्न सकिन्छ। यस्तो उद्योगहरु निर्यातमुखी अर्थतन्त्रको लागि मेरुढण्डको रुपमा साबित हुन सक्छन्।
अनुकूलित कृषि प्रणाली नेपालको लागि मात्र नभई संसारकै लागि नयाँ र जलवायु परिवर्तनले गर्दा खाद्य संकटबाट हुने क्षति न्यूनिकरण गर्ने उपाय हुन सक्छ। त्यसैले अबको आवश्यकता भनेको नै अनुकूलित जैविक कृषि प्रविधिको हो।
जैविक मल र जैविक विषादी उद्योगको पनि ठूलो सम्भावना रहेको पाइन्छ। नेपालको अधिकांश जिल्ला सदरमुकामसम्म यातायातको पहुँच पुगे पनि ग्रामीण भेगसम्म पुग्न सकेको छैन। यस्तो अवस्थामा स्थानीय स्तरमै खोल्न सकिने जैविक मल तथा विषादी उद्योगको पनि सम्भावना देखिन्छ।
जस्तो नाइट्रोजन एवं पोटास, फस्फोरस स्थिरिकरण गर्न सक्ने जिवाणुहरुको गुणात्मक संख्यामा वृद्धि गरेर पनि आयातित रसायनिक मललाई विस्थापन गर्न सकिछ। यस्ता बहुउपयोगी जिवाणुहरु यहीको माटोमा पाइन्छ। र बालीनालीमा प्रयोग गरेर कृषि उत्पादन बढाउन सकिन्छ। साथै विषादी गुण भएका जिवाणुहरुमा आधारित उद्योगको पनि स्थापना गर्न सकिन्छ। यी उद्योगहरु वातावरणमैत्री हुने भएकाले यसले मानव स्वास्थ्यमा असर पार्दैन।
नवीकरणीय तथा जैविक उर्जा, खनिज उर्जाको तीव्र दोहनले उर्जा संकट हुने देखिन्छ। औद्योगिक विस्तारले तीव्र उर्जा माग बढीरहेको छ, दिनानुदिन उर्जा आपूर्ति घटिरहेको छ। त्यसैले नवीकरणीय तथा जैविक उर्जाको माग बढीरहेको छ।
नेपाल जैविक उर्जाको लागि उर्वर भूमि बन्न सक्छ। उर्जा उत्पादनको लागि आवश्यक विभिन्न तेलीय वनस्पतिहरु नेपालमा प्रशस्त पाइन्छ। जैविक उर्जाको लागि विश्वमै सबैभन्दा बढी उपयुक्त मनिने सजीवन नेपालमा प्रचुर मात्रामा पाइन्छ।
यस्तै चिउरी, खल्मे, गोखुर, अम्ड्ढी जस्ता वनस्पतिबाट पनि जैविक उर्जालाई विस्थापन गर्न सकियो भने पनि करोडौँको निर्यात कम गर्न सकिन्छ। नेपालमा जैविक प्रविधिमा आधारित नयाँ उद्योगहरुको सम्भावना ठूलो रहेको छ। यसलाई अवसरको रुपमा लिई नयाँ उद्यमको सुरुआत गर्न सकिन्छ, भलै यसमा चुनौतीहरु पनि नहोलान् भन्न सकिन्न।