गाउँ नगएकाे पनि लगभग एक वर्षजस्ताे नै भएछ। यसपालिकाे दसैंमा अलिक अगाडि गाउँ जाने याेजना सफल पनि भयाे। जस्ताेसुकै हाेस्, आफू हुर्के बढेकाे ठाउँ सबैलाई औधी प्याराे हुन्छ, म पनि त्याे कुराबाट कहिल्यै अछुताे रहन सक्दिनँ पनि।
ल काठमाडाैंबाट आएकाे छ भनेपछि वल्तिरपल्तिरका आफ्नै दाजुभाइ जम्मा हुने कुराकानी गर्नुकाे मज्जा नै बेग्लै। हुन त गाफगाफ गर्ने चलन खासै नाैलाे पनि हाेइन। त्याे पाेहाेर पनि भएकै हाे। परार पनि भएकै हाे।
गफगाफका विषय पनि जीवनमा आफैंले अनुभव गरेका, भाेगेका, देखेका कुराहरू हुने त हुन्।
फलानाकाे भैंसी कस्ताे ? कति दूध दिन्छ ? त्यसकाे पूर्खा कहाँ छ ? बालीनाली कस्ताे छजस्ता विषय, विशेष गरेर अघिल्ला वर्षका गफगाफमा विषय बन्थे। म त्याे विषयमा त्यति अनुभव नभएकाे दाइहरूका कुरा थपक्क बसेर सुनिदिन्थेँ।
यसपटक भने गाउँबाट कुन घर र काेकाे तराईतिर झर्दै छन् त भन्ने विषयमा लामै गफगाफ भयाे।
करिब १५/१७ वर्ष अगाडि मेराे (साविककाे रापाकाेट गाविस - ५ हालकाे अर्जुनचाैपारी गाउँपालिका - ३, स्याङ्जा) गाउँ लगभग ५५ घरधुरीले भरिभराउ थियाे। अहिले मुश्किलले १९ घरमा सीमित छ। त्याे पनि अधिकांश बुढा आमाबुबाकाे सहारामा। कुनै बाध्यताले घर कुरिरहेका छन् त कुनै रहरले। ती १९ घरधुरीमा पनि अहिले यही हिउँदमा ७/८ घर तराईतिर लाग्ने तरखर गर्दै छ।
गाउँनजिकै रहेकाे खाेटेडाँडा भिर उल्लिखित ५५ घरधुरीकाे साझा भिर हाे। बर्खाभरि गाईवस्तुलगायत मान्छेलाई पनि घाँस काट्न राेकेर हिउँद लागेपछि घाँसकाे कमी पूर्ति गर्ने उद्देश्यले सबैलाई दामासाहीले भाग लगाइन्थ्याे त्याे भिर।
१/२ पटक म पनि कलेज बिदाकाे बेलामा त्याे भाग लगाउने मेलाेमा परेकाे छु।
ओहाे ! मेला लागेसरि हुन्थ्याे। झगडा हुन्थ्याे। बाजाबाज हुन्थ्याे। लरालर हुन्थ्याे। फलानाेलाई सम्म परेकाे ठाउँमा मलाई भिरमा। फलानाेलाई घाँसैघाँस भएकाे ठाउँमा मलाई नभएकाे ठाउँ, झगडाका विषय हुन्थे।
अहिले घरनजिकै जङ्गल बन्याे। आँगनमा सुकाएकाे बिस्कुन कालिजले खाने स्थिति बन्याे। करेसाबारीमा लगाएकाे साग तरकारी मृगका आहार बन्न थाले। बस्ती पतालिँदै गएकाे ज्वलन्त उदाहरण हाे याे।
यही हिउँदमा मेराे दाइ पनि तराईतिर जाने पक्कापक्की भइसक्याे। भर्खरै एसइई दिएर कक्षा ११ पढ्ने भतिजलाई दाइले तराईतिर लगेर भर्ना पनि गरिसके भनेपछि जाने निश्चित छ ।
दसैं बिदामा घर गएपछि दाइसँग म खरबारीमा घाँस काट्न, सामालतुमल किन्न बजार, सरकारी काम विशेषले वडा कार्यालय अनि हाल बचेखुचेका घरहरूमा दाइसँगै डुलें।
दाइकाे तराई गमनले सबैमा अब गाउँ रित्तिनै भयाे भन्ने खालमाे आभास, सन्देश मलै मज्जैले अनुभव गरें। आँखामा राखे पनि नबिझाउने, गाउँमा सबैका सहयाेगी, अलिक फराकिलाे साेच भएकैले दाइ सबैका आँखा नानी भएका रहेछन्।
मलाई औधी खुसी लाग्याे। आखिर मेरी आमाका पनि बलियाे आड उनै दाइ त थिए। दसैंमा टीका लगाउँदै गर्दा आमा नमज्जाले रूनुभाे। मेराे मन पनि अमिलाे भाे।
हुन त काठमाडाैं ल्याएर आमा पाल्नै नसक्ने हैसियत मेराे पनि नभएकाे हाेइन तर आमा अझै पनि भैंसी पाल्न चाहनुहुन्छ। आफ्नै हातले भैंसी दुहेर दूधभात खान चाहनुहुन्छ। त्याे काठमाडाैंमा अलिक सम्भव पनि छैन।
जे हाेस्, बितेकाे एक दशकमा दाइले कमाएकाे इज्जत हाे त्याे। आखिर मरेर नै जाने जीवनमा कसले के नै लग्ने हाे र !
त्यस्तै सात बज्न लागेकाे हुँदाे हाे, तल्लिर धने दाइ आइपुगे। पेसाले उनी सिकर्की हुन् अनि बचेखुचेकाे समयकाे सदुपयाेग गर्न राँगाे पनि पालेका छन्।
दाइले आङ नै सिरिङ हुने वास्तविक कथा सुनाए:
राँगाे लिएर घर फर्कंदै गर्दा रिमरिम साँझ परेछ। घरदेखि माथि माेटरकाे बाटैबाट दाइ राँगाेलाई खेद्दै आउँदै रहेछन्।
त्यस्तै, २०० मिटर पछाडिबाट दाइकाे पछाडि बाघ पछि लागेछ। जति अगाडि जान्छन्, बाघ पनि उति अगाडि लागेछ। त्यसपछि दाइ केहीबेर राँगाेलाई राेक्न लगाई आफू पनि राेकिएर बाटाेनजिकै घर रहेका सापकाेटा मने दाइलाई फाेन गरेछन्।
वास्तविकता सबै बताएपछि मने दाइ हातमा टर्च लाइट लिएर तुरून्तै कराउँदै माेटर बाटैबाट उकालाे लागेछन्। त्याे आवाज सुनेपछि दाइले लामाे सास फेरेछन्। बाघ पनि लरक्क तर लागेछ। दुबै जना गफिँदै ओरालाे हुँदै झरेकाे माेटर बाटाे हुँदै तल झर्दा फेरि पनि बाघ पछाडि लागेछ। त्यसपछि दुबै जनाले ढुङ्गा र माटाे फालेपछि बाघ भागेकाे कुरा दाइले बताए।
यस्तै घटना दाइलाई अरू २/३ ठाउँमा पनि भएछ। अब म राति कुनै हालतमा राँगाे नलग्ने कुरा दाइ भन्दै थिएँ।
त्याे रात म त्यही बाघकाे घटनाले निकै नै झस्किएँ। मुत्र विसर्जनका लागि पनि राति निस्कन कठिन भयाे।
घरदेखि पल्लाे डाँडामा बत्ती बलेकाे देखेपछि अर्काेलाई बलियाे ढाडस हुने रहेछ। भिरामुनि पुगेपछि एउटा बाेल्दा चपाईँथर र देउरालीमाथितिर बस्नेहरूलाई बलियाे आधार हुने रहेछ। चाउकामा एउटा बाेल्दा दुवारेतिर बस्नेहरूलाई बलियाे ढाडस हुने रहेछ। यही कुरा दाइ भन्दै थिए।
मास्टर पढ्दै गर्दा समाजवादी दार्शनिकहरूले समाजकाे बारेमा वकालत गरेकाे कुरा मेराे दिमागमा सञ्चरित भइरहेछ।
अनि यही आशा र भराेसाले समाज पनि चल्ने रहेछ।
मेसाे मिलाएर काठमाडाैंबाट घर जाँदा एक साल पल्ला घरकी भाउजूसँग राम्राे बनेकाे सम्बन्ध याे साल जाँदा बिग्रेकाे छ।
अघिल्लाे साल वल्तिर आमासँग बिग्रेकाे सम्बन्ध याे साल गजब बनेकाे छ।
साेच्छु, एउटा न एउटाकाे साथ त चाहिने हरेकलाई बाँच्न र जीविकाेपार्जन गर्न।
आखिर, सबैलाई समाज कति महत्त्वपूर्ण रहेछ भन्ने कुराकाे खाटी उदाहरण पनि हाे याे।
गाउँ नै पातलिँदै गएपछि हिजाेआज गाेठगाेठबाट बाच्छाबाच्छी, पाडापाडी, अनि ठूलै भैंसी र खाेरबाट बाख्रा तान्न बाघ आएकाे कुरा दाइहरू भन्दै थिए।
विकासकाे पूर्वाधार यातायात हाे भनेर विद्यालयमा पढियाे पनि र याे वास्तविकता हाे पनि।
यातायात सहजताका लागि गाउँमा माेटर बाटाे त खनियाे। एक त अति नै भिरालाे जमिन त्यसमाथि वर्षेनीकाे पहिराेले बचेखुचेकाे बारी, खेत खाँदै छ।
लगभग ९० प्रतिशत जमित पूरै बाँझिएकाे छ। बाँकीमा गरिएकाे खेती बाँदर र चराचरूङ्गीलाई ठिकै भएकाे छ। बाटाेकै कारण कहिल्यै बाँदरकाे महामारी नहुने ठाउँमा बाँदर आतंक सिर्जना भएकाे छ।
बस्ती नै नभएपछि कक्षा १-३ सम्म खाेलिएकाे स्कुल त्यसै पनि विद्यार्थीविहीन हुनै नै भयाे। काेराेना महामारीका समय बितेकाे दुई वर्ष एक दिन पनि पढाइ नै नभएर नै सकियाे।
हिउँदमा दाइ तराई जाने कुराले दु:खी नै भए पनि कमसेकम बितेकाे दुई वर्षदेखि पढ्न नपाएकी छाेरीले पढ्ली भन्ने आशा पनि जगायाे। अनलाइन नै सही हुँदै नहुनुभन्दा त केही न केही त हुन्छ नि!
बितेकाे ८/९ दिन गाउँ बस्दा यी सबै घटनाले मन निकै पाेल्याे। साेच्दै छु, गाउँ नै नरहेपछि केकाे गाउँपालिका, केकाे वडा ?
वास्तवमा याे त मेराे गाउँकाे कथा व्यथा मात्र नभएर समग्र पहाडकाे कथा व्यथा पनि हाे।
दसैं सकेर काठमाडाैं फर्कंदा दमाैलीबाट एक जना दाइसँगै यात्रा जुर्याे। सरकारी सेवामा आवद्ध दाइसँग पनि यिनै विषयमा लामै कुराकानी भए। उहाँले पनि आफ्नाे गाउँतिर यस्तै अवस्था रहेकाे कुरा बताउनुभयाे।
साेच्दै छु, गाउँपालिका, प्रदेश र राज्यले यस्ता कुराहरूमा बहस गर्दा हाेलान् कि नहाेलान् !
राज्यकाे आँखा खुलाेस्, साेचाेस् याे विषयमा मेराे प्रार्थना छ !
हाेइन भने पहाड एकदिन घरविहीन हुनेछ !