नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएका उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही गरेको छ।
बुधबार कांग्रेसले बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई कारबाही गरेको जानकारी दिएको हो। पार्टीले पाँच वर्षका लागि निष्कासित गरेको हो।
सत्ता गठबन्धनको बैठकले नै बागी उम्मेदवारी दिनेलाई आज दिउँसो १ बजेभित्र फिर्ता गर्न निर्देशन दिएको थियो। उक्त बैठकपछि कांग्रेसले छुट्टै विज्ञप्ति जारी गर्दै निष्कासित गर्ने चेतावनी दिएको थियो।
त्यसअनुसार बागी उम्मेदवारी फिर्ता नगर्नेलाई कारबाही स्वरूप पाँच वर्ष निष्कासित गर्ने निर्णय गरेको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको हो।