निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई आचारसंहिता उल्लंघनको विषयमा स्पष्टीकरण सोधेको छ।
आइतबार गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्ने क्रममा पञ्चेबाजा प्रयोग गरी आचारसंहिताको उल्लंघन भएको भन्दै सात दिनभित्र जवाफ दिन आयोगले भनेको हो।
आयोगले प्रचण्डलाई पठाएको पत्रमा भनिएको छ, 'यहाँको मनोनयनमा बाजागाजा प्रयोग गरेको हो भने यहाँलाई आचारसंहिता २०७९ को दफा १३ को खण्ड 'ण' उल्लंघनमा कारबाही किन नगर्ने?'
आयोगले श्रव्यदृश्य सामग्रीका आधारमा प्रचण्डलाई स्पष्टीकरण सोधेको हो।
मनोनयन दर्ताका लागि पञ्चेबाजासहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए।