नेकपा (एमाले) का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पार्टी परित्याग गरेका छन्।
पूर्वमन्त्रीसमेत रहेका न्यौपानेले शनिबार एक वक्तव्य जारी गर्दै एमालेले जनता समाजवादी पार्टीसँग गरेको चुनावी गठबन्धनप्रति असन्तुष्टि जनाएका छन्।
उपेन्द्र यादव नेतृत्वको उक्त पार्टी हिजो मधेसमा साम्प्रदायिकता भड्काउने र नाकाबन्दी गर्नेजस्ता काममा सहभागी भएको उनको आरोप छ।
जसपासँगको गठबन्धन देश र जनताका पक्षमा नभई विदेशीको स्वार्थमा गरिएको हुनाले आफूले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन्।
न्यौपाने तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष थिए। २०७४ मा उनको पार्टी एमालेमा मिसिएको थियो।