मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि २ हजार १२ जना उम्मेदवार मैदानमा होमिने भएका छन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फका १६५ क्षेत्रमा उनीहरूले उम्मेदवारी दिएका छन्।
जातीय समुदायका आधारमा हेर्दा सबैभन्दा धेरै उम्मेदवार खस-आर्य छन्। आयोगको तथ्यांकअनुसार १०१७ जना खस-आर्य, ६४१ आदिवासी जनजाति, ५०६ मधेसी, ९७ दलित, ८२ मुस्लिम र ६९ जना थारू उम्मेदवार रहेका छन्।
प्रदेश सभाका ३३० क्षेत्रका लागि ३२२४ जना उम्मेदवार मैदानमा छन्। तीमध्ये १०५५ जना खस-आर्य, ९०६ आदिवासी जनजाति, ८७४ मधेसी, १४४ दलित, १४५ मुस्लिम र १०० जना थारू उम्मेदवार छन्।