काठमाडौं क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विकास, निर्माणलगायत विभिन्न विषयमा केन्द्रित रहेर विज्ञहरूसँग छलफल गरेका छन्।
पौडेलले आइतबार वौद्धिक जनशक्ति पलायन, भ्रष्टाचार नियन्त्रण र विकासबारे केन्द्रित रहेर विज्ञहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले, गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य अरविन्दकुमार मिश्र, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य र गेजा शर्मा वाग्लेलगायतसँग पौडेलले छलफल गरेका हुन्।
पौडेलले विकासका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका छन्। उनले देशकै नमूना क्षेत्र काठमाडौं ५ लाई बनाउने पनि बताएका छन्।