चितवन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्रप्रसाद बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन्।
उनले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका हुन्।
आज बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलपछि बुर्लाकोटीले उम्मेदवारी निष्क्रिय बनाएका हुन्।
उम्मेदवारी फिर्ता लिने समय सकिएकोले उनले उम्मेदवारी निष्क्रिय बनाएका छन्। आफू स्वतन्त्र उम्मेदवार बनिरहन नसकेको र पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएकोले उम्मेदवारी निष्क्रिय पारेको बुर्लाकोटीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
बुर्लाकोटी कांग्रेसका हुन्। उनले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले विश्व पौडेललाई जिताउन नेतृत्वदायी भूमिका खेल्नेसमेत बताएका छन्।