नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले मंसिर ४ को चुनावका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ।
अध्यक्ष विद्वान गुरूङले सोमबार १५१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि तोकेका हुन्। बाँकी क्षेत्रमा छिट्टै प्रतिनिधि तोक्ने तयारी छ।
मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रीय प्रतिनिधिहरू तोकिएका क्षेत्रमा जाने र कांग्रेस तथा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्नुपर्ने गुरूङले बताए।
आफूले जिम्मेवारी पाएको क्षेत्रको कार्यप्रगतिबारे केन्द्रीय प्रतिनिधिले तरूण दल केन्द्रीय कार्यालयमा प्रतिवेदनसमेत दिनुपर्नेछ।
काठमाडौं क्षेत्र नम्बर १ मा उमेश गुरूङ, २ मा दिनेशविक्रम शाह, ३ मा कृष्णजी खड्का, ४ मा सरिन घिमिरे, ५ मा पवित्रा पोखरेल, ६ मा रत्न महर्जन, ७ मा मनिष डंगोल, ८ मा शान्ति रिजाल, ९ मा विवेक श्रेष्ठ र १० मा विकास बस्नेतलाई केन्द्रीय प्रतिनिधि तोकिएको हो।
हेर्नुस् अरू क्षेत्रमा को-को खटिए?