नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जनताका समस्या समाधान गर्नका लागि आफू राजनीतिमा लागेको बताएका छन्।
जनताका समस्याबारे आफूलाई जानकारी रहेको पनि उनले बताए। ती समस्या समाधान गर्न आफू कटिवद्ध भएर लाग्ने पनि उनले बताए।
व्यास नगरपालिका १० डिही गाउँमा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उनले जनतालाई खानेपानी, सडक र रासायनिक मललगायत आवश्यक पर्ने भएकोले उक्त कुराहरूको व्यवस्थापनका लागि आफूले पहल गर्ने बताए।
उनले लोकतन्त्र र संविधान रक्षाका लागि ग७बन्धन गरिएको र यसलाई निरन्तर रूपमा अगाडि बढाइने बताएका थिए। पौडेल मंसिर ४ मा हुने निर्वाचनका लागि तनहुँ १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार छन्।