गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन्।
उनले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन गरी बताए।
गुल्मीको क्षेत्र नम्बर २ मा सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ।
यहाँ एकीकृत समाजवादीका सचिव रामकुमारी झाक्री सत्तारूढ गठबन्धनको साझा उम्मेदवार छिन्।
झाक्रीविरुद्ध उम्मेदवारी दिएका भुसालले नेताहरूको आग्रह, राष्ट्रिय समीकरण र कार्यकर्ताको शुभेच्छाले उम्मेदवारी निष्क्रिय बनाएको बताए।
पार्टीको निर्देशनानुसार सत्तारूढ गठबन्धनको साझा उम्मेदवार झाक्रीलाई समर्थन तथा सहयोग गर्ने पनि उनले बताए।
उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्न गरिएको पत्रकार सम्मेलनमा सत्तारूढ गठबन्धनका साझा उम्मेदवार झाक्री र कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले भुसालको उम्मेदवारी निष्क्रियले सत्तारूढ गठबन्धनका सबै उम्मेदवार विजय हुने विश्वास व्यक्त गरेका थिए।